काठमाडौं ।
नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँचौ संक्रमित र दोस्रो संक्रमित छैठौं संक्रमित कतारबाट एउटै प्लेनमा आएका थिए । उनीहरु तीनै जना चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका हुन्।
छैटौं कोरोना संक्रमित महिला बागलुङको भएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरेका हुन् ।
उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् । उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले नेपालमा छैटौं कोरोना संक्रमित भएको जानकारी गराएका थिए ।