ब्यवसायी तेज बहादुर सिवाकोटीद्वारा PPE सहयोग

ब्यवसायी तेज बहादुर सिवाकोटीद्वारा PPE सहयोग

२२ चैत, इलाम ।  फाकफोकथुम गाउपालिका-६ मेतालुङ स्थायी घर भइ इलाम बजारमा सिवाकोटि सप्लाएर्स संचालन गर्दै आएका तेज बहादुर सिवाकोटीले ६ थान PPE सहयोग गरेका छ्न ।

विस्वभरी महामारिको रुपमा फैलिएको कोरोना(Covid 19)को सम्भावित संक्रमणको रोकथाम र नियन्त्रणमा निरन्तर लाग्नु पर्ने स्वास्थ्य कर्मि र सुरक्षा कर्मिको निम्ति सिवाकोटीले फाकफोकथुम-७ स्थित एजतप्पा प्रहरी चौकिमामा २ थान र एकतप्पा प्रहरी चौकीमा २ थान साथै ६ नं. वडा स्थित सामुदायिक स्वास्थ्य इकाइ पोखरीमा २ थान सहयोग गरेका हुन ।

स्वास्थ्यकर्मी एवं प्रहरिलाइ अत्यावश्यक रहेको PPE आज सिवाकोटीले ७ नं. वडाध्यक्ष लोकबहादुर थापा, ६ नं. वडाध्यक्ष डिक बहादुर थापा, एकतप्पा प्रहरी चौकी इन्चार्ज नरबहादुर थाम्सुहाङ र एकतप्पा स्वास्थ्य चौकिका अहेब लक्ष्मि श्रेष्ठलाई हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया:

सम्बन्धित खवर