बिएण्सी हस्पिटल राज्यलाई दिने घाेषणा

बिएण्सी हस्पिटल राज्यलाई दिने घाेषणा

बिर्तामोड, १४ चैत्र । 

कोरोना संक्रमितको उपचारका लागि झापाको बिर्तामोडमा रहेको बिएन्डसी टिचिङ हस्पिटल तथा मेडिकल कलेज यदि सरकारले चाहान्छ भने राज्यलाई दिन तयार रहेकाे बताएका छन् । बिएन्डसी टिचिङ हस्पिटल तथा मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले  एक विज्ञप्ती जारी गर्दै आफ्नो अस्पताल राज्यलाई दिने घोषणा गरेका हुन् ।

सो अस्पतालमा २५ बेडको भन्टिलेटर, एक सय बेडको आइसियु, ८ सय नर्मल बेड, एक सय पाँच जना डाक्टर, नाै सय जना स्वास्थ्यकर्मी कर्मचारी रहेका छन् । कोरोना भाइरसको महामारी फैलिँदै गएको र सरकारी अस्पतालले मात्र संक्रमितको परीक्षण र उपचार गर्न सम्भव नदेखिएपछि प्रसाईंले यस्तो निर्णय गरेका हुन् ।

हस्पिटल राज्यलाई दिने घोषणासँगै हस्पिटलको सम्पूर्ण खर्च व्यवस्थापन गर्ने गरि आजैको मितिबाट सरकाले कोरोना भाइरस विरुद्धका सबै उपचार पद्धती सुरु गर्न आग्रह समेत गरेका छन् ।

अस्पतालले सरकारसँग पटकपटक जाँच र उपचारका लागि प्रयोग हुने सुरक्षित उपकरणहरु किट्स, पिपिइ सेट, एन ९५ मास्क माग गरे पनि उपलब्ध गराउन नसकेको प्रसाईंले शुक्रबार विज्ञप्ति निकालेर जनाएका छन् ।

कोभिड १९ को माहामारी फैलिरहेको बेलामा सरकारले स्वास्थ्कर्मी र डाक्टरहरुलाई अत्यावश्यक आधारभुत उपकरण र वस्तुहरु उपलब्ध गराउन सकेको छैन । हामीले खरिद गछौ भन्दा समेत पाएका छैनौ । तर यस अस्पतालमा कार्यरत एक सय पाँच जना डाक्टरहरुले आफ्नो ज्यान जोखिममा राखेर उपचारमा संलग्नरहि रहनुभएकोप्रति आभार प्रकट गर्दछौं भनी जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर