चुलाचुलिको क्वारेन्टाइनलागि नेकपा चुलाचुली १ र २ वडा कमिटीले दियो जिन्सि सहयोग

चुलाचुलिको क्वारेन्टाइनलागि नेकपा चुलाचुली १ र २ वडा कमिटीले दियो जिन्सि सहयोग

१५ इलाम/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुलाचुली १ र २ वडा कमिटीद्धारा सङ्कलीत सामाग्री आज गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई र बिपद ब्यवस्थापन समिती सम्योजक तथा वडा न.१ का अध्यक्ष पुर्ण लावतिलाइ हस्तान्तरण गरिएको छ

विश्वभर फैलिरहेको कोरोना भाईरस कोभिड १९ को सन्दर्भमा बिपद् ब्यवस्थापनका लागी भन्दै नेकपा वडा नम्बर न. १ र २ ले सङ्कलन गरेको सामाग्री पार्टीका जिल्ला सचिवालय सदस्य ओम नारायण खानलको हातबाट पालिका अध्यक्ष राई र समिती सम्योजक लावतिलाइ सम्युक्त रुपमा हस्तान्तरण गरिएको हो ।

वडा नम्बर १ को तर्फबाट १४ थान बाल्टी धारा ,२० थान डिटोल साबुन र नगद ११ सय तथा वडा नम्बर २ को तर्फबाट सिरक १० थान , सिरानी १० थान ,झुल १० थान बेडसिट १० थान, रुमाल १० थान र साबुन १० थान प्रदान गरिएको नेकपा चुलाचुली २ अध्यक्ष तथा वडाध्यक्ष रनबहादुर लिम्बुले जानकारी दिनुभयो ।

यस्तै कोरोना भाईरस बिरुद्ध सबै प्रकारको सावधानी अपनाउँदै पूवतयारीमा जुट्न गाउँपालिकाको ध्यानाकर्षण गरिएको छ । साथै गाउँपालिकालाई आवश्यक सहयोग जुट्ने र जुटाउने कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर