समाचार
चुलाचुलीमा किरात संग्रहालय निर्माणका लागि राई परिवारले गरे जग्गा दान
९ फाल्गुन । इलामको चुलाचुली गाउँपालिका वडा न. ५ मा किरात सांस्कृतिक संग्रहालय निर्माणका लागि स्थानिय राई परिवारले करिव अढाई कठ जमिन दान गरेका छन् । चुलाचुली वडा न. ५ बरबोटे टोल निवासी स्थानिय श्रीबहादुर याङ्मा राईले आफुले चासभोग गर्दे गरेको करिव अढाई कठठ जमिन संग्राहलय निर्माणका लागि भन्दै निःशुल्क रुपमा उपलब्ध गराउनुभएको हो । स्थानिय टोल विकाश समितीका अध्यक्ष कमिक राई, किरात सांस्कृतिक संग्राहलय निर्माण तदर्थ समितीका अध्यक्ष निशेष..
रोजगार कार्यक्रममा सहभागी बन्न रोजगार सेवा केन्द्र चुलाचुलीको आग्रह
९ फाल्गुन, इलाम। चुलाचुली गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रले वेरोजगार व्यक्तिलाई पूर्ण पारिवारीक विवरण पेश गर्न आग्रह गरेको छ । रोजगार सेवा केन्द्रमा सूचीकृत वेरोजगार व्यक्तिको पुर्ण पारिवारीक विवरण कार्यलयमा नआएको भन्दै पेश गर्न आग्रह गरेको हो । रोजगार सेवा केन्द्र चुलाचुलीका संयोजक सुजित केशरीका अनुसार वेरोजगार व्यक्तिले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागि हुनकालागि आफ्नो पुर्ण पारिवारीक विवरण आउदो फाल्गुन १५ गते भित्रमा सम्वन्धित वडा कार्यलय तथा गाउँपालिकाको..
छैठौँ दमक फुड फेस्टिबल आजबाट सुरु
७ फाल्गुन । झापाको दमकमा आज (बुधबार)बाट छैठौँ दमक फुड फेस्टिबल सुरु भएको छ । दमक ६ स्थित बसपार्कमा आज एक कार्यक्रमका बिच दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले बेलुन उडाएर फेस्टिबलको उद्घाटन गर्नुभएको हो । होटल ब्यवसायी संघ दमकको आयोजनामा शुरु भएको फुड फेस्टिबल आउदो फाल्गुन ११ गतेसम्म संञ्चालन हुने बताईएको छ । फेस्टिबलको उद्घाटन गर्दै मेयर ओलीले यो कार्यक्रमले दमकलाई धेरै फाइदा दिने बताउनुभयो । खानामा गुणस्तर कायम गर्नुपर्ने..
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा वृहत सरसफाई कार्यक्रम सम्मपन्न
७ फाल्गुन, झापा । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा झापाको कमल गाँउपालिकामा वृहत सरसफाई कार्यक्रम सम्मपन्न भएको छ । ६० औँ राष्ट्रिय प्रजातन्त्र दिवसको दिन आज कमल गाउँपालिका ५ मंगलवारे वजारदेखि पाडाजुंगी चौंक सम्मको सडक तथा वजार क्षेत्रमा सरसफाई गरिएको हो । वडा कार्यालय तथा नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाको समन्वय स्थानीय स्मारिका सामुदायिक बोर्डिङ स्कुलको जुनियर रेडक्रस सर्कलको आयोजनामा सो सचेतनामूलक सरसफाई कार्यक्रमसम्पन्न भएको हो । सरसरफाईमा विद्यार्थीसहित स्थानीय सामाजिक..
स्ववियु निर्वाचन अनिश्चित, कमजोरी कस्को ?
७ फागुन । फागुन महिनाभित्र हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित कालका लागि सरेको छ । त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा गर्ने सो निर्वाचन त्रिवि कार्यकारी परिषदको बैठकले विशेष कारण देखाउँदै अनिश्चित कालका लागि सारिएको हो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर मगरका अनुसार नयाँ सूचना सार्वजनिक नहुँदासम्मका लागि अनिश्चित कालका लागि चुनाव स्थगित भएको हो । यसअघि २०७३ फागुन १८ गते स्ववियु चुनाव..
झापाको सुरुङ्गाबाट अबैध काठसहित पिकअप नियन्त्रणमा
७ फागुन । झापाको कन्काई नगरपालिका सुरुङगाबाट प्रहरीले अबैध काठसहित एउटा पिकअप नियन्त्रणमा लिएको छ । कन्काइ सब डिभिजन बन कार्यालय सुरुङगाको बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गा र ट्राफिक प्रहरी पोष्ट सुरुङगाले कन्काई नगरपालिका वडा नं ३ स्थित सुरुङ्गाबाट अबैध ४६ क्यु. बि. सालको काठ सहित काठ बोकेको को १ च ६४०४ नं को पिकअपलाई नियन्त्रणमा लिएको हो । बरामद गरिएको काठ, पिकअप र पिकअप चालकालाई नियन्त्रणमा लिएर..
अनेरास्ववियू र नेवि संघका कार्यकर्ता बीच झडप
फाईल तस्विर ५ फाल्गुन, काठमाडौं । काठमाडौँको भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संघका कार्यकर्ता बीच अपसमा झडप भएको छ । दुई संगठन विच एक–आपसमा विहान भएको झडपमा अनेरास्ववियूका नेताहरु सङ्गम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपने र नेविसंघका नेताहरु आविष्कार पौडेल, कुशल बस्नेत, सुमन खड्का लगायत घाइते भएको बताईएको छ ।
प्रधानमन्त्रीको गृहनगरमा प्रदेशकै अग्लो महादेवको प्रतिमा बन्दै
५ फाल्गुन, झापा । प्रधानमन्त्री केपि शर्मा ओलीको गृहनगर समेत रहेको झापाको दमकमा प्रदेशकै अग्लो महादेवको प्रतिमा वन्ने भएको छ । दमक ५ स्थित धनेश्वर महादेव पञ्चायन मन्दिर परिषरमा ३५ फूट अग्लो प्रदेशकै अग्लो शिवजीको प्रतिमा बन्ने भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । न्गरलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गराउने उद्देश्यले करिव ४० लाख रुपैँयाको लागतमा महादेवको प्रतिमा बनाउन लागिएको मन्दिरका अध्यक्ष रुद्र कार्कीले बताउनुभयो । मन्दिरमा गत फागुन २..
इलामको चुलाचुलीमा आजबाट दादुरा रुवेला विरुद्धको अभियान सुरु
५ फाल्गुन । दादुरा रुवेला राष्ट्रीय अभियान अन्तर्गत इलामको चुलाचुलीमा पनि आजबाट दादुरा रुवेला विरुद्धको खोप लगाउन सुरु गरिएको छ । अभियानको पहिलो चरण अन्तर्गत चुलाचुलीमा आजबाट ९ महिनादेखी ६ बर्ष उमेर समुहका वालवालिकालाई खोप लगाउन सुरु गरिएको चुलाचुली गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख दुस्यान्त दाहालले जानकारी दिनुभयो । चुलाचुली १ कमल स्थित जनता मा.वि.को प्रङ्गणमा एक औपचारीक कार्यक्रमको आयोजनागरी अभियानको शुभारम्भ गरिएको थियो । चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई र..
पूर्व सभामुख महराले पाए सफाई
५ फाल्गुन काठमाण्डौ । जवरजस्ती करणीको मुद्दामा पुर्पक्षका लागि थुनामा परेका पूर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट आज भएको फैसलामा महराले सफाइ पाएका हुन् । महराको मुद्धामा हिजो नै फैसला हुने भनिएपनि समय अपुग भएको भन्दै हेर्दाहेर्दैको अवस्थामा राखिएको थियो । हेर्दाहेर्दैको अवस्थामा राखिएको मुद्दाको आज गरिएको फैसला महराको पक्षमा आएको हो । संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७