चुलाचुली, २१ चैत्र ।
विश्वमा माहामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) काे प्रभाव सबैतिर बढिरहेकाे छ। जसमा पनि निम्न अाय भएका, दैनिक ज्यालामजदुरी गरेर खाने परिवारलाई परिहेकाे छ ।
साे कुरालाई मध्यनजर गर्दै चुलाचुली गाउँपालिकाले भाेलि २२ गते देखी गाउँपालिकाका ६ वटै वडाका २ हजार परिवारलाई राहत सामग्री वितरण गर्न लागेकाे गाउँपालिका अध्यक्षका निजि सचिव सञ्जय राईले बताए ।
गाउँपालिका भरीका प्रत्येक वडाबाट विवरण संकलन गरी दैनिक ज्याला मजदुरी तथा विपन्न परिवारलाई अत्यावश्यक दैनिक उपभाेग्य सामग्री वितरण गर्न लागिएकाे हाे ।
त्यससँगै गाउँपालिकाले कोरोना भाइरस सम्भावित जोखम न्युनिकरणका लागी वडा नम्बर १, र २ मा १७ शैयाको क्वारेन्टाइन बनाई सुरक्षा सर्तकता बढाइएको छ ।
कोरोना भाईरस फैलिएका विभिन्न देशबाट गाउपालिका प्रवेश गरेका शंकास्पद व्यक्तीलाई राख्न वडा नम्बर २ को जनता माबीमा १० शैया र वडा नम्बर १ मा ७ शैयाको क्वारेन्टाइन निमार्ण गरीएको चुलाचुली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दुश्यन्त दाहालले बताए ।
नागरीकलाई भाईरसबाट जोगाउन गाउँ गाउँमा माईकिङ सहित सचेतना कार्यक्रम, सिमानामा कडाई सहित सुरक्षा सर्तकता बढाईएको चुलाचुली गाउँपालिका अध्यक्षको निजि सचिब सन्जय राईले जानकारी दिनुभयो ।