चुलाचुली गाउँपालिकाले दोस्रो चरणमा ७ सय ५४ विपन्न परिवारलाई खाद्यान्न राहत बाढ्यो

४ बैशाख, इलाम । महामारीको रुपमा फैलिरहेको कारोना भाइरस (कोभिड १९)को संम्भावित संक्रमणलाई रोक्न सरकारले जारी गरेको लकडाउनका कारण समस्यामा परेका नागरीकहरुलाई चुलाचुली गाउँपालिकाले आज दोश्रो चरणको राहत वितरण गरेको छ । गाउँपालिकामा रहेका जम्मा ७ सय ५४ विपन्न परिवारलाई दोश्रो चरणमा खाद्यान्न राहत वितरण गरिएको चुलाचुली गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत काजिमान राईले बताउनुभयो । वन, वातावरण तथा विपद् व्यवस्थापन समिती चुलाचुलीका संम्योजक तथा वडा नं. १ का अध्यक्ष पुर्ण..

गाेरू काटेकाे अभियाेगमा तामाङ पक्राउ

४, बैशाख, खोटाङ । खाेटाङकाे साकेला गाउँपालिका वडा नं. ३ खिदीमाका ५५ वर्षीय बुद्धिमान तामाङ गोरु काटेको अभियोगमा पक्राउ परेका छन् । मंगलबार बेलुकी गोरु काटिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हाे । उनलाई बुधबार बेलुकी जिल्ला प्रहरी कार्यालयमा ल्याएर बिहीबार म्याद थप गरी अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए।

दक्षिण कोरियाली संसदीय चुनावमा राष्ट्रपति मुनको पार्टी विजयी

४ बैशाख, काठमाडाै । कोरोना भाइरस(कोभिड–१९) को प्रकोपबीच दक्षिण कोरियामा सम्पन्न भएको संसदीय चुनावमा राष्ट्रपति मुन जाए इनको पार्टी विजयी भएको छ । मतगणना अन्तिम चरणमा पुग्दा सत्तारुढ डेमोक्रेटिक पार्टीले ३ सयमध्ये १६३ सिटमा जित हात पारेको बीबीसीले जनाएको छ। गठबन्धनमै रहेको अर्को प्ल्याटफर्म पार्टीले १७ सिट जित्ने र डेमोक्रेटिक पार्टीले १८० सिटसहित सरकार चलाउने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सत्तारुढ गठबन्धनमा रहेकाे अर्को पार्टी प्लेटफर्म पार्टीले १७ सिट..

चिकित्सक कुटपिट घटना सार्वजनिक, महाराजगञ्जका डीएसपी उमेशराज लम्साल छानबिनमा

४ वैशाख, काठमाडौं ।  लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले चिकित्सकलाई कुटपिटको घटना सार्वजनिक भएपछि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेशराज लम्साललाई जिम्मेवारीबाट हटाइएको छ । त्यहाँबाट लम्साललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका तानिएको हो । रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले लम्साललाई छानबिनका लागि रानीपोखरी बोलाइएको बताएका छन् । बुधबार साँझ भएको घटनाबारे छानबिनका लागि बिहीबार बिहान एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डीएसपी होविन्द्र बोगटी सदस्य रहेको समिति गठन..

किटद्धारा चुलाचुलीमा ५ जनाको कोरोना परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

४ बैशाख, इलाम । चुलाचुली गाउँपालिकामा कोरोना भाइरस संक्रमणको आशंकामा ५ जनालाई र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरसको परीक्षण गरिएको छ । परीक्षण गरिएका पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको चुलाचुली स्वास्थ्य शाखाका प्रमुख दुस्यान्त दाहाले जानकारी दिनुभएको छ । उहाँका अनुसार चुलाचुली गाउँपालिकामा होम क्वारेन्टाइनमा ११ जना, गाउँपालिकाको सामुदायिक क्वारेन्टाइनमा ३ जना गरी जम्मा १४ जनालाई राखिएको छ । क्वारेन्टाईनमा राखिएका सवैजसो व्यक्तिहरु केही साता अगाडीमात्र विदेशबाट फर्किएका हुन्..

झापा हल्दिवारीका एक युवकमा कोरोना संक्रमण नभएको पुष्टि

४ बैशाख, झापा । झापाको हल्दिवारी गाउँपालिकाका एक युवामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । आरडिटी विधिबाट गरिएको परीक्षणमा ती युवामा कोरोना भइरसको एन्टीबडी पोजिटिभ देखिएपछि स्वाव परीक्षणकालागि कोशी अस्पताल विराटनगर पठाइएको थियो । विराटनगरमा भएको उनको पीसीआर परीक्षणमा नतिजा नेगेटिभ आएको हो । बैदेशिक रोजगारीमा गएका ती युवा एक महिनाअघि दुबईबाट झापा घर फर्किएका थिए । उनी होम क्वारेन्टाइनमा थिए । विज्ञहरुका अनुसार आरडिटी टेस्टमा नतिजा पोजेटिभ..

कोरोना संक्रमणको आशंका गरीएकी एक महिलाको विपि प्रतिष्ठान धरानमा मृत्यु

४ बैशाख, सुनसरी । धरान उपमहानगरपालिका वडा नं. ११ की एक महिलाको कोरोना भाइरस संक्रमणको आशंका उपचारको क्रममा मृत्यु भएको छ । धरान स्थित वडा नं. ११ मा बस्दै आएकी ४५ बर्षिया खड्गमाया कार्मीले आफूलाई ज्वरो आएको र स्वास फेर्ने गाह्रो भएको भन्दै कोभिड–१९ को आशंकमा धरान वीपी कोईराला विज्ञान प्रतिष्ठानमा उपचारको गराउन आएकी थिईन् । सोही उपचारको क्रममा आज उनको मृत्यु भएको हो । यता चिकित्सकहरुले भने कार्कीको स्वाब..

मनमाया वान्तवा स्मृती प्रतिष्ठानले यसवर्ष संगीतकर्मी राेहित खपाङ्गीलाई पुरस्कृत गर्ने

शिवसताक्षी, ४ बैशाख । मनमाया वान्तवा स्मृती प्रतिष्ठानले यसवर्ष संगीतकर्मी राेहित खपाङ्गीलाई पुरस्कृत गर्ने भएकाे छ । ’कला, साहित्य र संगीतमा समर्पित’ भन्ने नाराका साथ झापा शिबसताक्षी–१ धरमपुरमा स्थापना भएको प्रतिष्ठानले यसवर्ष संगीतकर्मी रोहित खपाङ्गीलाई पुरस्कृत गर्ने भएको हाे । उनलाई आगामी जेठ १६ गते नगद ११ हजार १ सय ११ रुपैयासहित ताम्रापत्र र दोसल्ला ओढाएर पुरस्कृत गर्ने प्रतिष्ठानका अध्यक्ष शिब किरातीले जानकारी दिए । अर्जुनधारा निवासी खपाङ्गी नेपाली गीतसंगीत क्षेत्रमा लामो..

सुनसरी जिल्ला अदालबाट १ वर्ष कमको कैद भुक्तान गर्न बाँकी रहेका १४ जनाले पाए रिहाइ

४ बैशाख, सुनसरी । सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानका क्रममा रहेका एक वर्ष कम कैद भुक्तान गर्न बाकी रहेका १४ जना कैदी र ७ जना बालक रिहा भएका छन । सरकारले घोषणा गरेको लकडाउनको अवधिमा कैदीहरुबाट ६ वर्ष दुई महिना कैद बराबरको रकम पाँच लाख ७८ हजार २०० रुपैँया तिरेकाले १४ जना कैदी रिहा भएको बताईएको छ । सुनसरी जिल्ला अदालतका श्रेष्तेदार नरेन्द्रकेसरी पोखरेलका अनुसार बालबालिकाहरुको १९ मुद्धामा रिहाका लागि..

बीपी प्रतिष्ठानको कोरोना र्यापिड रेस्पोन्स टिमको पुनर्गठन

४ बैशाख, सुनसरी । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको महामारी रोकथाम, नियन्त्रणका लागि गठित ‘नोबेल कोरोना भाइरस र्यापिड रेस्पोन्स कमिटी’को पुनर्गठन गरिएको छ । हालै नियुक्त भएका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीको संयोजकत्वमा कमिटी पुनर्गठन गरिएको हो । कोरोनाको नियन्त्रण रोकथाम तथा संक्रमण फैलिन नदिनका लागि पूर्व तयारी र सतर्कता अपनाउन गत माघ १५ गते कमिटी गठन गरिएको थियो । उक्त कमिटीलाई फेरबदल गरेर हिजो बैशाख ३ गते नयाँ कमिटी..