समाचार
काठमाण्डौँ उपत्यकाबाट हिडेरै घर फर्कने जमात रोकिएन (फोटो फिचर)
३ वैशाख, काठमाण्डौँ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संम्भावित संक्रमण रोक्न सरकारले विगत तिन साता देखी देशभरी लकडाउन जारी गरेको छ । विशेषत यसका कारण ज्याला मजदुरी गरेर दैनिक जिविको पार्जन गर्ने मानिसहरु मर्कामा परेका छन् । विभिन्न रोजगारीको शिलशिलामा काठमाण्डौँ उपत्यका आएका मानिसहरु अहिले रोजगारी गुमेको कारण हिड्दैभए पनि घर फर्कन बाध्य बनेका छन् । हेर्नुहोस् तस्विरहरुः
काेराेनाका कारण एक दिनमा अमेरिकामा मात्र २ हजार ४ सय ७ जनाकाे मृत्यु
३ बैशाख, काठमाडाै । काेराेना भाइरसका कारण पछिल्लाे २४ घण्टामा अमेरिकामा मात्र २ हजार ४ सय ७ जनाकाे मृत्यु भएकाे छ । काेराेना भाइरसका कारण समाचार तयार पार्दासम्म विश्वमा १ लाख २६ हजार ७ सय७६ जनाकाे मृत्यु भइसकेकाे छ । विश्वमा काेराेना भाइरस संक्रमित २० लाख ७ सय ७९ जना पुगेकाे छ । संक्रमितमध्ये ४ लाख ८४ हजार ८ सय ३१ जनाले पूर्ण स्वास्थ्यलाभ गरिसकेका छन् । जसमा अमेरिकामा २६..
झापाको दमकमा अत्यावश्यकीय बस्तु किनमेलको समय तय
३ वैशाख, झापा । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरेना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमण रोक्न सरकारले गत तिन साता देखी वन्दावन्दी जारी राखेको छ । यसबाट दैनिक उपोभोग्य वस्तु खरदि विक्रीमा समस्या परेपछी झापाको दमक नगरपालिकाले अत्यावश्यकीय बस्तु किनमेल गर्ने समय तय गरेको छ । नगरपालिकामा आज (बुधवार) नगरप्रमुख, स्थानीय प्रहरी प्रशासन प्रमुख र बाणिज्य संघका प्रतिनिधि समेतको संयुक्त बैठकले कोरोना भाइरसको संभावित जोखिम नियन्त्रण गर्न गरिएको लडकाउनलाई थप प्रभावकारी वनाउदै..
सुनसरीको मस्जीदमा १० जना भारतीय नागरीक फेला
३ बैशाख, सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा रहेको खतिजन कुव्रा नामक मस्जीदमा १० जना भारतिय मुलका बंगाली भाषीहरु फेला परेका छन् । नेपाल मुस्लीम संघ प्रदेश एकका सभापती हाजी इसराइल मन्सुरीका अनुसार इज्तेमामा सहभागी हुन आएका १० जना जमातीहरु रहेको बताईएको छ । भारतको पश्चिम बंगाल राज्यको पश्चिम मधनीपुर कलकता ठेगाना बताउने उनिहरुको भारतिय नागरिता मस्जीदमा फेला परेको उहाँले बताउनुभयो । सामाजिक अभियन्ता समेत रहनुभएका मन्सुरीका अनुसार वर्ष ४२..
वीपी प्रतिष्ठानमा परिक्षण गरिएका १८७ जनाको स्वाबको रिपोर्ट नेगेटिभ
३ बैशाख, सुनसरी । धरानकोे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संकलन गरेको १८७ स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । वीपी प्रतिष्ठानका सह–प्रवक्ता अशोक ऐरका अनुसार अहिलेसम्म प्रतिष्ठानले १८७ जनाको स्वाब परीक्षण गरेकोमा कसैको पनि कोरोना पोजेटिभ रिपोर्ट नआएको हो । सह–प्रवक्ता ऐरका अनुसार संकलन गरिएका सम्पुर्ण स्वाबको रिपोर्ट कोरोना पोजेटिभ छैन । ‘यो हामीले राष्ट्रिय प्रयोगशालामा पठाएको स्वाब र प्रतिष्ठानकै कोरोना ल्याबबाट परीक्षण गर्दाको रिपोर्ट हो ।’ सह–प्रवक्ता डा. ऐरले..
आफ्नै शरिरमा आगो लगाउँदा घाईते
३ बैशाख, सुनसरी । बर्जु गाउँपालिका वडा नं. ५ मा एक महिलाले आफ्नै शरिरमा आगो लगाउदा घाईते भएकी छिन् । वडा नं. ५ लप्टोलियाकी स्थानिय ३२ बर्षीया धनमाया भट्टराईले साानन्य घरायसी विवाद्मा आफ्नै शरिरमा आगो लगाएकी हुन् । मंगलवार राती साँढे ११ बजेको समयमा सामान्य घरायशी बादबिबाद हुँदा आवेशमा आएर आफ्नै शरिरमा मट्टितेल खन्याई आगो लगाउँदा उनी घाईते भएको प्रहरी जनाएको छ । घाईतेलाई उपचारका लागी कोशी अस्पताल बिराटनगर लगिएको..
भोक्राहा गाउपालिकाले अझैसम्म बाढेन राहत, प्रमुख भन्छन्ः “अझै केही दिन लाग्छ”
३ बैशाख, सुनसरी । सुनसरीकोे भोक्राहा गाउपालिकाले अहिलेसम्म एक जना नागरिकलाई पनि राहत वितरण गरेको छैन । सरकारले स्थानीय तह मार्फत बिपन्न तथा दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई राहत वितरण गर्न जिम्मा दिएर नेपाल भरीकै अधिकाङ्स स्थानिय तहहरुले पहिलो चरणमा राहत वितरण गरीसकेका छन् । तर भोक्राहा गाउपलिकाले एक जना स्थानियलाई पनि राहत बाढ्न सकेको छैन । राहत आएर गोदाममा थन्किएको छ । यता बिपन्न बर्ग भने भोक भोकै..
कैलालीमा एक किशोरीमाथि सामूहिक बलात्कार
कैलाली, २ वैशाख । कैलालीमा एक किशोरीलाइ सामूहिक रूपमा बलात्कृत भएकी छन् । घटनापछि त्यसमा संलग्नको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गौरीगंगा नगरपालिका–१ कि १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतका अनुसार आफन्तकहाँ गएर गएराति घर फर्किंदै गरेकी किशोरी खुरखुरियानजिकै सामूहिक बलात्कारमा परेकी हुन् । बलात्कृत किशोरीले आफूमाथि कुटपिट गर्दै बलात्कार गरेको बयान दिएकी छन्..
काेराेना अपडेट : हालसम्म १ लाख २० हजार ७ सय २८ जनाकाे मृत्यु
काठमाडाै, २ बैशाख । काेराेना भाइरसका कारण विश्वमा १ लाख २० हजार ७ सय २८ जनाकाे मृत्यु भइसकेकाे छ । हालसम्म विश्वमा १९ लाख ३८ हजार १ सय ३६ जनामा काेराेना संक्रमित देखिएकाे हाे । नेपालमा पनि काेराेना संक्रमित दिनानुदिन बढिरहेकाे छ । हाल नेपालमा ५ हजार ६ सय ९१ जनाकाे काेराेना परिक्षण भइसकेाका मध्ये १६ जनाकाे काेराेना पाेजेटिभ देखिएकाे छ । पछिल्लाे २४ घण्टाकाे विवरणलाइ हेर्ने हाे भने चीनमा..
नेपालमा थप काेराेना संक्रमित, संक्रमित संख्या १६ पुग्याे
काठमाडाैं, २ बैशाख । २८ दिनअघि बेलायतबाट नेपाल आएका एकै परिवारका दुई जनामा कोभिड १९ (कोरोना भाइरस) को संक्रमण पुष्टि भएको छ । उनीहरु काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएकामा त्यहाँबाटै अस्पताल भर्ना भएका थिए । संक्रमितमा ५८ वर्षीय पुरुष र ८१ वर्षिया महिला रहेका छन् । आमा, छोरा र बुहारी तीन जना परिवारका सदस्यहरु मध्ये आमा र छोराको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको हो बुहारीको रिपोर्ट भने नेगेटिभ आएको..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७