समाचार
झापा हल्दिवारीका एक युवकमा कोरोना संक्रमण नभएको पुष्टि
४ बैशाख, झापा । झापाको हल्दिवारी गाउँपालिकाका एक युवामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । आरडिटी विधिबाट गरिएको परीक्षणमा ती युवामा कोरोना भइरसको एन्टीबडी पोजिटिभ देखिएपछि स्वाव परीक्षणकालागि कोशी अस्पताल विराटनगर पठाइएको थियो । विराटनगरमा भएको उनको पीसीआर परीक्षणमा नतिजा नेगेटिभ आएको हो । बैदेशिक रोजगारीमा गएका ती युवा एक महिनाअघि दुबईबाट झापा घर फर्किएका थिए । उनी होम क्वारेन्टाइनमा थिए । विज्ञहरुका अनुसार आरडिटी टेस्टमा नतिजा पोजेटिभ..
कोरोना संक्रमणको आशंका गरीएकी एक महिलाको विपि प्रतिष्ठान धरानमा मृत्यु
४ बैशाख, सुनसरी । धरान उपमहानगरपालिका वडा नं. ११ की एक महिलाको कोरोना भाइरस संक्रमणको आशंका उपचारको क्रममा मृत्यु भएको छ । धरान स्थित वडा नं. ११ मा बस्दै आएकी ४५ बर्षिया खड्गमाया कार्मीले आफूलाई ज्वरो आएको र स्वास फेर्ने गाह्रो भएको भन्दै कोभिड–१९ को आशंकमा धरान वीपी कोईराला विज्ञान प्रतिष्ठानमा उपचारको गराउन आएकी थिईन् । सोही उपचारको क्रममा आज उनको मृत्यु भएको हो । यता चिकित्सकहरुले भने कार्कीको स्वाब..
मनमाया वान्तवा स्मृती प्रतिष्ठानले यसवर्ष संगीतकर्मी राेहित खपाङ्गीलाई पुरस्कृत गर्ने
शिवसताक्षी, ४ बैशाख । मनमाया वान्तवा स्मृती प्रतिष्ठानले यसवर्ष संगीतकर्मी राेहित खपाङ्गीलाई पुरस्कृत गर्ने भएकाे छ । ’कला, साहित्य र संगीतमा समर्पित’ भन्ने नाराका साथ झापा शिबसताक्षी–१ धरमपुरमा स्थापना भएको प्रतिष्ठानले यसवर्ष संगीतकर्मी रोहित खपाङ्गीलाई पुरस्कृत गर्ने भएको हाे । उनलाई आगामी जेठ १६ गते नगद ११ हजार १ सय ११ रुपैयासहित ताम्रापत्र र दोसल्ला ओढाएर पुरस्कृत गर्ने प्रतिष्ठानका अध्यक्ष शिब किरातीले जानकारी दिए । अर्जुनधारा निवासी खपाङ्गी नेपाली गीतसंगीत क्षेत्रमा लामो..
सुनसरी जिल्ला अदालबाट १ वर्ष कमको कैद भुक्तान गर्न बाँकी रहेका १४ जनाले पाए रिहाइ
४ बैशाख, सुनसरी । सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानका क्रममा रहेका एक वर्ष कम कैद भुक्तान गर्न बाकी रहेका १४ जना कैदी र ७ जना बालक रिहा भएका छन । सरकारले घोषणा गरेको लकडाउनको अवधिमा कैदीहरुबाट ६ वर्ष दुई महिना कैद बराबरको रकम पाँच लाख ७८ हजार २०० रुपैँया तिरेकाले १४ जना कैदी रिहा भएको बताईएको छ । सुनसरी जिल्ला अदालतका श्रेष्तेदार नरेन्द्रकेसरी पोखरेलका अनुसार बालबालिकाहरुको १९ मुद्धामा रिहाका लागि..
बीपी प्रतिष्ठानको कोरोना र्यापिड रेस्पोन्स टिमको पुनर्गठन
४ बैशाख, सुनसरी । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको महामारी रोकथाम, नियन्त्रणका लागि गठित ‘नोबेल कोरोना भाइरस र्यापिड रेस्पोन्स कमिटी’को पुनर्गठन गरिएको छ । हालै नियुक्त भएका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीको संयोजकत्वमा कमिटी पुनर्गठन गरिएको हो । कोरोनाको नियन्त्रण रोकथाम तथा संक्रमण फैलिन नदिनका लागि पूर्व तयारी र सतर्कता अपनाउन गत माघ १५ गते कमिटी गठन गरिएको थियो । उक्त कमिटीलाई फेरबदल गरेर हिजो बैशाख ३ गते नयाँ कमिटी..
एसियाको आर्थिक वृद्धिदर शून्यमा आउन सक्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण
४ वैशाख, काठमाडौँ । एसियाको आर्थिक वृद्धिदर यस वर्ष शून्यमा आउने सक्ने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आई.एम.एफ.) ले गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण एसियाको आर्थिक वृद्धिदर ६० वर्षयता नै पहिलोपटक शून्यमा आउने प्रक्षेपण गरिएको हो । विश्व अर्थतन्त्रको लागि निकै अन्योलपूर्ण र चुनौतीपूर्ण समय रहेको आई.एम.एफ. एसिया प्यासिफिकका निर्देशक चाङयोङ रिहीले बताएका छन् । यो अवस्थामा एशियाली मुलुकहरुको अर्थतन्त्रमा सुधारकालागि परिवार र कम्पनीहरुलाई सम्बन्धित..
सोलुखुम्बुको फेरालाई केन्द्र बनाए गएराती ४.७ म्याग्निच्युटको भूकम्प
४ वैशाख, सोलुखुम्बु । सोलुखुम्बुको फेरालाई केन्द्रविन्दु बनाएर गएराती भूकम्म गएको छ । सोलुखुम्बुको फेरा आसपासको केन्द्र भएर माध्यराती १२ बजेर ५५ मिनेटमा ४ दशमलब ७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सो भुकम्पको कारण मानविय धानजनको क्षती नभएको बताईएको छ । २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पका कारण करिब १० हजार मानिसको ज्यान गएको थियो भने लाखौं मानिस अंगभंग भएका थिए ।
कोरोनाको कारण देखाउदै पश्चिम बंगालले गर्यो मेचि नाका सिल, आयात निर्यात पुर्ण रुपमा ठप्प
४ वैशाख, झापा । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको झापाको काकरभिट्टा स्थित मेची भन्सार नाका बन्द गरेको छ । यस संगै नेपालको पूर्वी नाकाबाट आयात निर्यात पुर्ण रुपमा ठप्प भएको छ । बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनिश्चित कालका लागि कारोबार रोक्न निर्देशन दिएको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो । भारततर्फको नाका बन्द भएपछि भारत, भुटान..
प्रबिधीमैत्री अनलाइन अध्यापन कक्षा सन्चालन गर्दै दमक बहुमुखी क्याम्पस
दमक, ३ बैशाख । झापाकाे दमकमा सञ्चालित दमक बहुमुखी क्याम्पसले अनलाइन शिक्षण विधिद्वारा अध्यापन गराउने भएकाे छ । यस विधिद्वारा विद्यार्थीहरूले घरमै बसेर शिक्षण क्रियाकलापमा सहभागि हुन सक्नेछन् । क्याम्पस प्रमुख डा. नेत्र बहादूर बुढाथोकि तथा विभिन्न तहका कार्यक्रम संयाेजक सुमन कुमार नेपाल ,रामचन्द्र अधिकारी र अभिनास कुमार झा लगायत विभिन्न सम्बन्धित प्राध्यापकहरुबीच मंगलबार भएको छलफलले साे निर्णय गरेकाे हाे । लकडाउनका कारण शिक्षा क्षेत्रमा बिधार्थीहरुको परिक्षा तथा शैक्षिक कार्य तालिकालाइ..
दमकको सक्रिय युवा क्लबद्धारा ४७ परिवारलाई हरियो सागसब्जी वितरण
३ वैशाख, झापा । विश्वभरी महामारीको रुपमा फैलिरहेको रहेको कोरोना भाइरस (कोभिड १९) का कारण विगत तिन साता देखी देशभरी लकडाउन जारी छ । लकडाउनका कारण लाखै मानिहरुको रोजगारी गुमेको छ । दैनिक अत्यावश्यक खाद्यान्न लगायतका वस्तुह्रु जुटाउन पनि धेरै समस्या परेको छ । यही समस्यमा राहत स्वरुप झापा दमक ७ मा रहेको सक्रिय युवा क्लबले दमकका ४७ घरपरिवारलाई मंगलबार हरियो सागसब्जी वितरण गरेको छ । फलफुल तथा सब्जी बजार..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७