तिन साता लामो लकडाउनका कारण च्याउ कृषक मर्कामा

तिन साता लामो लकडाउनका कारण च्याउ कृषक मर्कामा

५ बैशाख, झापा । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संम्भावित सङ्क्रमणलाई रोक्न सरकारले लागू गरेको लकडाउनका कारण झापाका च्याउ किसान मर्कामा परेका छन् । लाखौं रुपैयाँको लगानीमा गरिएको खेतीबाट उत्पादन भएका च्याउ लकडाउनका कारण बजारसम्म पुर्याउन नसक्दा उनीहरु मर्कामा परेका हुन् ।

च्याउ उत्पादक किसान सङ्घ झापाका संयोजक ज्ञानेन्द्र प्रसाद गौतमका अनुसार तिन साता लामो लकडाउनका कारण उत्पादित च्याउ बजारसम्म पुर्याउन नसक्दा दर्जनौ च्याउ किसान मर्कामा परेका छन् । किसानले उत्पादन गरेका च्याउ उपभोक्तासम्म पुर्याउन नसक्दा खेतबारीमै कुहिने अवस्थामा पुगेको उहाँको गुनासो छ ।

जिल्लाको दमक, शिवसताक्षी, कमल, गौरादह, विर्तामोड, कन्काईलगायतका पालिकाहरुमा च्याउको व्यवसायिक खेती हुँदै आएको छ । यस क्षेत्रमा मात्रै दर्जनौं परिवार च्याउ व्यवसायमा आवद्ध छन् । यस्तै, उक्त व्यवसायमा करिब चार हजार मजदूर र व्यवसायी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएका छन् । सरकारले कृषिमा आत्मनिर्भर कार्यक्रम शुरु गरेपछि जिल्लामा वार्षिक ५ लाख मूल्य बराबरको च्याउको कारोबार हुँदै आएको बताइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर