समाचार
आफ्नै शरिरमा आगो लगाउँदा घाईते
३ बैशाख, सुनसरी । बर्जु गाउँपालिका वडा नं. ५ मा एक महिलाले आफ्नै शरिरमा आगो लगाउदा घाईते भएकी छिन् । वडा नं. ५ लप्टोलियाकी स्थानिय ३२ बर्षीया धनमाया भट्टराईले साानन्य घरायसी विवाद्मा आफ्नै शरिरमा आगो लगाएकी हुन् । मंगलवार राती साँढे ११ बजेको समयमा सामान्य घरायशी बादबिबाद हुँदा आवेशमा आएर आफ्नै शरिरमा मट्टितेल खन्याई आगो लगाउँदा उनी घाईते भएको प्रहरी जनाएको छ । घाईतेलाई उपचारका लागी कोशी अस्पताल बिराटनगर लगिएको..
भोक्राहा गाउपालिकाले अझैसम्म बाढेन राहत, प्रमुख भन्छन्ः “अझै केही दिन लाग्छ”
३ बैशाख, सुनसरी । सुनसरीकोे भोक्राहा गाउपालिकाले अहिलेसम्म एक जना नागरिकलाई पनि राहत वितरण गरेको छैन । सरकारले स्थानीय तह मार्फत बिपन्न तथा दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई राहत वितरण गर्न जिम्मा दिएर नेपाल भरीकै अधिकाङ्स स्थानिय तहहरुले पहिलो चरणमा राहत वितरण गरीसकेका छन् । तर भोक्राहा गाउपलिकाले एक जना स्थानियलाई पनि राहत बाढ्न सकेको छैन । राहत आएर गोदाममा थन्किएको छ । यता बिपन्न बर्ग भने भोक भोकै..
कैलालीमा एक किशोरीमाथि सामूहिक बलात्कार
कैलाली, २ वैशाख । कैलालीमा एक किशोरीलाइ सामूहिक रूपमा बलात्कृत भएकी छन् । घटनापछि त्यसमा संलग्नको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गौरीगंगा नगरपालिका–१ कि १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतका अनुसार आफन्तकहाँ गएर गएराति घर फर्किंदै गरेकी किशोरी खुरखुरियानजिकै सामूहिक बलात्कारमा परेकी हुन् । बलात्कृत किशोरीले आफूमाथि कुटपिट गर्दै बलात्कार गरेको बयान दिएकी छन्..
काेराेना अपडेट : हालसम्म १ लाख २० हजार ७ सय २८ जनाकाे मृत्यु
काठमाडाै, २ बैशाख । काेराेना भाइरसका कारण विश्वमा १ लाख २० हजार ७ सय २८ जनाकाे मृत्यु भइसकेकाे छ । हालसम्म विश्वमा १९ लाख ३८ हजार १ सय ३६ जनामा काेराेना संक्रमित देखिएकाे हाे । नेपालमा पनि काेराेना संक्रमित दिनानुदिन बढिरहेकाे छ । हाल नेपालमा ५ हजार ६ सय ९१ जनाकाे काेराेना परिक्षण भइसकेाका मध्ये १६ जनाकाे काेराेना पाेजेटिभ देखिएकाे छ । पछिल्लाे २४ घण्टाकाे विवरणलाइ हेर्ने हाे भने चीनमा..
नेपालमा थप काेराेना संक्रमित, संक्रमित संख्या १६ पुग्याे
काठमाडाैं, २ बैशाख । २८ दिनअघि बेलायतबाट नेपाल आएका एकै परिवारका दुई जनामा कोभिड १९ (कोरोना भाइरस) को संक्रमण पुष्टि भएको छ । उनीहरु काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएकामा त्यहाँबाटै अस्पताल भर्ना भएका थिए । संक्रमितमा ५८ वर्षीय पुरुष र ८१ वर्षिया महिला रहेका छन् । आमा, छोरा र बुहारी तीन जना परिवारका सदस्यहरु मध्ये आमा र छोराको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको हो बुहारीको रिपोर्ट भने नेगेटिभ आएको..
बर्जु गाउँपालिकाले बाढ्यो ६ हजार परिवारलाई खाद्यान्न राहत
२ वैशाख, सुनसरी । सुनसरीको बर्जु गाउँपालिकाले ६ हजार बढी विपन्न परिवारलाई राहत वितरण गरेको छ । वडागत विपन्न परिवारहरुको पहिचान गरेर राहत वितरण गरिएको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज कार्कीले बताउनुभयो । उहाँका अनुसार विपन्न गरिव र ज्याला मजदुरी गरी पेट पाल्दै आएका परिवारको सो राहत खाद्यान्न सामाग्री वितरण गरिएको हो । भिडभाड हुन नदिन सावधानी अपनाई दुरी कायम गरी वडागत रुपमा राहत वितरणको क्रम थालिएको गाउँपालिकाले जनाएको..
बराह ग्रुपद्वारा कोरोना राहत कोषमा १९ लाख हस्तान्तरण
२ वैशाख, सुनसरी । धरान उपमहानगरपालिकाको बराह गुरुपले कोरोना राहत कोषमा १९ लाख रुपैँया हस्तान्तरण गरेको छ । बराह गुरुपले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि १९ लाख रुपैया सहयोग गरेको हो । बराह गुरुप अन्तर्गत सञ्चालित २५ वटै भगिनि संस्थाका कर्मचारीको तर्फबाट स्वइच्छाले रकम संकलन गरेर सरकारलाई हस्तान्तरण गरेको बराह ग्रुरुपका अध्यक्ष शिवकुमार लामिछानेले जानकारी दिनुभयो । लामिछानेले धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई र उपप्रमुख मञ्जु..
सुनसरीको इटहरी अस्पतालमा आरडिटी टेस्ट सुरु
२ बैशाख, सुनसरी । इटहरी अस्पतालमा कोरोना भाइरसको आरडिटी टेस्ट सुरु गरिएको छ । इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज रामकुमार धमलाका अनुसार पहिलो चरणमा विदेशवाट इटहरी आएका ब्यक्तिहरुको आरडिटी टेस्ट सुरु गरिएको जनाईएको छ । आज सोमवार दिउसो सम्म २१ जनाको परिक्षणमा सवैको नेगेटिभ आएको उहाँले बताउनुभएका छ । ईन्चार्ज धमलाका अनुसार द्रुत परिक्षण बिधीवाट परिक्षण गर्दा नमुनामा संक्रमण प्रतिरोधी एन्टिबडी छ कि छैन भनेर जाँच गरिन्छ । उहाँले भन्नुभयो “परिक्षणले..
लकडाउन वैशाख १५ सम्म बढाउने मन्त्रिपरिषद्को निर्णय
२ वैशाख, काठमाडौँ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनको अवधि थप गर्ने निर्णय भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि बढाउने निर्णय गरेको हो । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको समय भोली बुधबार सकिँदैछ । तर कोभिड १९ को संक्रमित भेटिने क्रम नरोकिएपछि सरकारले लकडाउन अवधी वढाउने निर्णय गरेको हो..
लकडाउनका कारण खरबुजा खेती गर्ने कृषकको बिल्लीबाठः “बैँकको ऋण कसरी तिर्ने !”
२ वैशाख, झापा । विश्व महामारीको रुपमा फैलि रहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फलिन नदिन सरकारले जारी गरेको वन्दावन्दीका कारण झापाका दक्षिणी क्षेत्रका खरबुजा खेती गर्देआएका कृषकहरु मारमा परेका छन् । तिन साता देखी लगाईएको वन्दावन्दीका कारण जिल्लाको गौरीगञ्ज क्षेत्रका किसानले लगाएको सयाँै बिघाको उत्पादित खरबुजा बजारसम्म पुर्याउन नसक्दा बारीमै कुहिने अवस्था आएको किसानको दुःखेसो छ । गौरीगञ्ज गाउँपालिका गाउँपालिका वडा नं. १ रङ्गियाथानका किसानले कन्काई खोलाको बगरमा..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७