काठमाडाै, ७ बैशाख । अमेरिकामा कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ ।
तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १० पुगेको हो । यसअघि बिहीबार ७० वर्षका महेश अमात्यको न्यूयोर्कको रिजउडमा र बुधबार उडसाइडमा पवन मल्लको निधन भएको थियो ।

शुक्रबार एक अर्का नेपालीको निधन भएको छ, तर अस्पतालले अाधिकारिकरूपमा पुष्टि नगरेको भन्दै परिवारका सदस्यले नाम सार्वजनिक नगरिदिन आग्रह गरे । कोरोना भाइरसको ‘इपिसेन्टर’का रूपमा रहेको न्यूयोर्कमा भएको मृत्युपश्चात उनीहरुको सद्गतिको प्रक्रियामा रहेको छ ।
काेराेनाका कारण अमेरिकामा हालसम्म ३९ हजार १५ जनाकाे मृत्यु भइसकेकाे छ । अमेरिकाले ३७ लाख २२ हजार २ सय ९ जनामा काेराेना परिक्षण गरिसकेकाे छ । जसमा काेराेना संक्रमित ७ लाख ३८ हजार ९ सय २३ जना रहेकाे वल्डाेमिटरमा उल्लेख छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७