कोरोना संक्रमणबारे अफवाह फैलाउने इलामका एक युवक पक्राउ

कोरोना संक्रमणबारे अफवाह फैलाउने इलामका एक युवक पक्राउ

७ बैशाख, इलाम । इलाम जिल्लामा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक संञ्जालमा अफवाह फैलाउने एक युवक पक्राउ परेका छन । इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले हिजो शनिवार पक्राउ गरेको हो ।

इलाम नगरपालिका वडा नं. ५ बरबोटेमा कोरोना भाइरसका सङ्क्रमित फेला परेको भन्दै लिम्बूले सामाजिक सञ्जालमा पोष्ट गरेरका थिए । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकृत हेमन्त भण्डारी क्षेत्रीका अनुसार शुक्रबार लिम्बूले बिब्ल्याँटेमा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक संञ्जालमा पोष्ट गरेपछि जिल्लावासीमा आतङ्क मच्चिएको थियो ।

लिम्बूले उनको फेसबुकमा ‘इलामको बिब्ल्याँटेमा एक जना कोरोना सङ्क्रमित फेला, अबचाहिँ बाँच्ने आसै मरिसक्यो’ भनेर पोष्ट गरेका थिए । गलत सूचना सामाजिक सञ्जालमा पोष्ट गरेका कारण स्थानीयवासीमा समेत त्रास पैदा भएको प्रहरीले जनाएको छ ।

सोही कारण लिम्बूलाई हिजो शनिबार जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रण लिई सोधपुछ गरिरहेको बताइएको छ । साथै गलत सूचना सम्प्रेक्षण नगर्न र जिल्लामा हालसम्म यस्ता सङ्क्रमित फेला नपरेको भन्दै ढुक्क भएर लकडाउनको पालना गर्नसमेत जिल्ला प्रहरी कार्यालय इलामले आग्रह गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर