काेराेना अपडेट : विश्वमा संक्रमित संख्या करिव २५ लाख पुग्याे

काेराेना अपडेट : विश्वमा संक्रमित संख्या करिव २५ लाख पुग्याे

काठमाडाै, ९ बैशाख । विश्वमा काेराेना भाइरस (काेभिड १९) का कारण अहिलेसम्ममा करिब २५ लाखकाे हाराहारीमा संक्रमित पुगिसकेकाे छ । वल्डाेमिटरका अनुसार २४ लाख ८१ हजार ८ सय ६६ जना संक्रमित भएका छन् । १ लाख ७० हजार ४ सय ५५ जनाकाे मृत्यु भइसकेकाे छ ।

काेराेनाकाे प्रभाव सबैभन्दा धेरै अमेरिकामा देखिन्छ । ७ लाख ९२ हजार ९ सय १३ जना संक्रमित देखिएकाे छ भने ४२ हजार ५ सय १७ जनाकाे मृत्यु भइसकेकाे वल्डाेमिटरम उल्लेख गरिएकाे छ । अमेरिकाले हालसम्म ४०लाख २७ हजार ३ सय ६७ जनामा काेराेना परिक्षण गरिसकेकाे छ ।

काेराेना संक्रमण पश्चात स्वास्थ्यलाभ गर्नेकाे संख्या विश्वमा ६ लाख ५१ हजार ५ सय ४० पुगेकाे छ । जसमा सबैभन्दा धेरै जर्मनीमा ९५ हजार २ सय जनाले स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन् । जर्मनीमा १ लाख ४७ हजार ६५ जना संक्रमित देखिएकाेमा समाचार तयार पार्दासम्म ४७ हजार बिरामी रहेकाे देखिन्छ ।

त्यस्तै भातरमा काेराेना संक्रमित १८ हजार बढी पुगेकाे छ । हालसम्म भारतमा ५ सय ९२ जनाकाे काेराेना भाइरसका कारण मृत्यु भइसकेकाे छ । चीनमा भने उल्लेखनीय रूपमा काेराेना संक्रमित संख्या घटिरहेकाे छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर