८ बैशाख, इलाम । इलामको माई नगरपालिकाले १ हजार ९ सय ४१ बिपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ । विश्वमहामारीको रुपमा फैलिरहेको कारोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई न्यूनिकरण गर्न सरकारले जारी गरेको लकडाउनका कारणमा समस्यामा परेका नागरीकहरुलाई नगरपालिकाले राहत वितरण गरेको हो ।
नेपाल सरकारले राहात सम्बन्धि जारी गरेको मापदण्ड २०७६ अनुसार नगर भित्रका दैनिक ज्यालामजदुरी गरेर गुजारा चलाउने बिपन्न, अपाङ्गता भएका तथा असंगठित मजदुरहरुलाई पहिलो चरणमा राहत बितरण गरिएको नगर प्रमुख दिपककुमार थेबेले जानकारी दिनुभयो । पहिलो चरणको राहात प्याकेजलाई सबै वडा मार्फत नगरको प्रकोप ब्यबस्थापन कोषबाट १८ लाख १० हजार खर्च गरिएको शाखा अधिकृत लक्ष्मण भुर्तेलले जानकारी दिनुभयो ।
परिवार संख्याको आधारमा १० केजी देखि २५ केजी सम्म चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नुन र २ वटा साबुन प्रदान गरिएको वडा नम्बर २ का वडाध्यक्ष खम्बसिंह लिम्बुले बताउनुभयो ।
जम्मा १० वटा वडा रहेको नगरले वडा नं. १ मा १ सय २० परिवार, वडा नं.२ मा ३ सय ६५ परिवार, वडा नं. ३ मा १ सय ९ परिवार, वडा नं.४ मा २ सय २५ परिवार, वडा नं. ५ मा १ सय २५ परिवार, वडा नं. ६ मा २ सय परिवार, वडा नं. ७ मा १ सय ५० परिवार, वडा नं. ८ मा २ सय ७६ परिवार, वडा नं. ९ मा ३ सय १८ परिवार र वडा नं. १० मा ५३ परिवारलाई राहत सवतरण गरेको नगरका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिनुभयो ।