सुनसरीमा ट्याक्टर अनियन्त्रीत भई पल्टदा एकको मृत्यु

सुनसरीमा ट्याक्टर अनियन्त्रीत भई पल्टदा एकको मृत्यु

१० जेष्ठ, सुनसरी । सुनसरीको गढी गाउँपालिकामा ट्याक्टर अनियन्त्रीत पल्टिदा एक जनाको मृत्यु भएको छ ।

सुनसरी गढी गाउँपालिका–६ सत्तेरझोडामा ईँटा बोकेको को १ त ९६८९ नम्बरको ट्याक्टर तिव्र गतिका कारण अनियन्त्रीत भई पल्टदा ट्याक्टर चालक दुहवीका २४ बर्षिय फुलचन श्रषिदेबको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यलय दुहवीका इन्स्पेक्टर प्रविण कार्कीले ट्याक्टर आफै अनियन्त्रीत भएर कच्ची बाटोमा पल्टदा फुलचनको घट्ना स्थलमै मृत्यु भएको जानकारी दिनुभयो ।

ट्याक्टरका सह–चालकको भने जिला अस्पताल इनरुवामा उपचार भईरहेको इलाका प्रहरी कार्यलय दुहवीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर