सुनसरीबाट १५ जना भारतीयलाई नियन्त्रणमा लिएर क्यारेन्टाईनमा पठाईयो

सुनसरीबाट १५ जना भारतीयलाई नियन्त्रणमा लिएर क्यारेन्टाईनमा पठाईयो

४ जेष्ठ, सुनसरी । सुनसरीको हरिपुर क्षेत्रमा लुकेर बसेको अवस्थामा १५ जना भारतीयलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएर क्यारेन्टाईनमा राखेको छ ।

जिल्ला प्रहरी कार्यलय सुनसरीले १५ जना भारतीयहरु आएको सुचना पाएपछि हरिपुर क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाईनमा पठाएको जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी विनोद शर्माले बताउनुभयो ।

सुनसरीका अधिकांस क्षेत्रहरु भारतीय खुल्ला सिमाना पर्ने भएकाले भारतीयहरु जति बेला पनि प्रवेश गर्न सक्ने भन्दै प्रहरीले कडाई गरेको छ । सुनसरीको सिमा क्षेत्रमा शशस्त्र प्रहरी साथै नेपाल प्रहरीहरुले समेत निगरानी बढाईरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता शर्माले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर