४ श्रावण, झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका ५ केर्खास्थित सडकखण्डमा गएराती राँगासँग मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका ६ का २७ बर्षिय प्रदीप लम्साल रहेका छन् ।
दुर्घटनामा उनीसँगै मोटरसाइकलको पछाडि सवार सोही ठाउका धर्मेन्द्र सुबेदी समेत गम्भीर घाइते भएका छन् । घाइते सुबेदीलाई उपचारका लागि विराटनगरको नोवेल हस्पिटलमा भर्ना गरिको छ ।
हिजो (शनिवार) राति ११ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा उनीहरु चढेको मे १० प ९८२६ नम्बरको मोटरसाइकल केर्खास्थित राजमार्गमा उभिएको राँगासँग ठोक्किदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएका लम्साललाई स्थानीय प्रहरीले तत्कालै उपचारका लागि दमकको लाइफलाइन हस्पिटल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।