समाचार
झापामा खोलाले बगाएर आज एक जनाको मृत्यु, दुई जना बेपत्ता
२९ असार, झापा । खोलाले बगाएर झापामा आज थप एक जनाको मृत्यु भएको छ । केही दिनयताको बर्षासंगै आएको बाढीका कारण कचनकवल गाउँपालिका ३ का ३५ बर्षीय किलु टुडुको मृत्यु भएको हो । आज दिउसो १२ बजे घर नजिकै रहेको खहरे खोला छेउमा हिडिरहेका टुडु एक्कासी लडेर खोलामा झरेका थिए । उनलाई सोही खोलाले बगाएर २०० मिटर तल पुरयाएको थियो । उनको शव फेला परेपछि प्रहरी चौकी पथरीयामा स्थानीयले जानकारी..
इलामको फाकफोकथुममा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु
२९ असार, इलाम । इलामको फाकफोकथुम गाउँपालिका–३, रातमाटेका एक बालकको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय धनबहादुर राइको जेठा छोरा वर्ष १६ बर्षिय बालक अम्बर राई रहेको प्रहरी चौकी आम चौकले जानकारी दिएको छ । दुई दिन अघि आफ्नै खेतमा काम गर्दै गर्दा अरिङ्गालले टोके पछि बालकलाई सामान्य ज्वरो तथा खोकी लागेको थियो । आज अवस्था जटिल भएपछि उपचारको लागि विहान आमचोक स्वास्थ चौकी, आमचोकमा ल्याउदै गर्दा..
झापाको अर्जुनधारा नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
२९ असार, झापा । झापाको अर्जुनधारा नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको छ । नगरका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप लगाएपछि पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो । सबै बालबालिका खोपको पहुँचमा पुगेकाले पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको नगरका स्वास्थ शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिनुभयो । १६ देखि २३ महिनाका सम्पूर्ण बालबालिकाले ११ प्रकारका रोग विरुद्ध खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख..
दाउरा निकाल्न सप्तकोशी नदीमा गएका १४ वर्षीय बालक बेपत्ता
२८ असार, सुनसरी । आज(आईतवार) बिहान सप्तकोशी नदीमा दाउरा निकाल्न गएका १४ वर्षीय बालक बेपत्ता भएका छन् । सुनसरीको बराहक्षेत्र–७ घर भएका बालक अनिल बस्नेत गाउँले सहित सप्तकोशी नदीमा दाउरा निकाल्न गएका र अहिले सम्म नभेटिएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी इन्स्पेक्टर पाण्डप कुमार राजवंशीले बताउनुभयो । बेपत्ता बालकको गाउँले र प्रहरी टोलीले खोजी गरिरहेको प्रहरीले बताएको छ ।
भारतीय मिडियाको उच्छृङ्खलता विरुद्ध नेपाल सरकारले पठायो ‘प्रोटेस्ट नोट’
२८ असार, काठमाण्डौँ । भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली नेतृत्वबारे झुटा र उच्छृङ्खल समाचार प्रसारण भएकोमा नेपालले ‘प्रोटेस्ट नोट’ पठाएको छ । परराष्ट्र मन्त्रालयले भारतीय सञ्चार माध्यममा प्रसारित समाचारप्रति आपत्ती जनाउदैँ दिल्लीस्थित नेपाली दूतावासमार्फत सो ध्यानाकर्षण पत्र पठाएको हो । ‘प्रोटेस्ट नोट’मा नेपालबारे प्रसारित अश्लील सामाग्रीमाथि कदम चाल्न र आगामी दिनमा यस्ता सामाग्रीले स्थान नपाउने सुनिश्चित गर्न माग गरिएको जनाईएको छ ।
कोरोना संक्रमितको संख्या नेपालमा घट्दैँः आज ८२ जनामा संक्रमण पुष्टि
२८ असार, काठमाण्डौँ । नेपालमा थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका ५ र ललितपुरका १ सहित थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको आजको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो । हाल सक्रिय संक्रमतिको संख्या ८ हजार १७४ रहेको उहाँले बताउनुभयो । यस्तै डिस्चार्ज भएकासहित कूल संक्रमित १६ हजार ८०१ जना रहेको पनि बताउनुभयो । गौतमका अनुसार पछिल्लो..
कनकाई नदिमा पानिको वहाव बढ्दो क्रममा, आसपासको मानव बस्ति हटाईयो
२७ असार, झापा । कनकाई नदिमा आएको बाढीले बस्तीका घर बगाउन सक्ने सम्भावनापछि झापाको शिवसताक्षी नगरमा ४ वटा घर भत्काइएको छ । वडा नम्बर १० का ४ वटा घर सशस्त्र प्रहरीको टोलीले भत्काएर सुरक्षित गरिएको वडा अध्यक्ष कर्णवहादुर थापाले बताउनुभयो । कनकाई पुल उत्तर तर्फको मानव बस्तीमा कनकाईले वितण्डा गरेपछि घर भत्काएर त्यहाँका मानिसलाई सुरक्षित गरिएको हो । पाडाजुँगीबाट आएको सशस्त्र प्रहरीको ११ जनाको टोलीले प्रेम उप्रेती, श्याम ऋषीदेव, तारा..
झापाको अर्जुनधारा नगरपालिकाद्धारा सलह किरा खरिदका लागि बजेट विनियोजन
२७ असार, काठमाण्डौँ । झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि रु पाँच लाख रुपैँया बजेट विनियोजन गरेको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो । “सलह किरा नियन्त्रण र यसबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि बजेट छुट्याएका हौँ”, प्रमुख रानाले भन्नुभयो, “नगरले सलह समातेर ल्याउनेलाई प्रतिकेजी रु १०० दिने योजना ल्याएका छौँ ।” खरिद गरिएको..
असार मसान्तसम्म शनिवार पनि बैंक खुल्ने
२७ असार, काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार आज पनि बैंक तथा वित्तिय संस्था खुल्ने भएका छन् । राष्ट्र बैंकले चालु आर्थिक बर्षको असार मसान्त सम्म शनिबार तथा सार्वजनिक बिदाको दिनसमेत बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएपछि आज बैंक बन्द नहुने भएको हो । सधैको जस्तै कार्यालय समयमा बैंक खुल्ने जनाइएको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्म राजस्व बुझाउनुपर्ने भएकाले केन्द्रीय बैंकले उक्त निर्देशन दिएको हो..
माईजोगमाई–६ प्याङका १२० घरधुरीलाई लक्षित गरी विद्युत् विस्तार
२६ असार, इलाम । माईजोगमाई गाउँपालिका–६ प्याङमा १२० घरधुरीलाई लक्षित गरेर विस्तार गरिएको विद्युतीकरणको आज गाउपालिका अध्यक्ष जित बहादुर राईले उद्घाटन गर्नुभएको छ । माईजोगमाई गाउपालिका र नेपाल बिधुत प्राधिकरण इलाम बितरण केन्द्रको संयुक्त लगानिमा विद्युत् विस्ताको काम सम्पन्न गरिएको हो । माईजोगमाई गाउपालिका–६ प्याङ साबिकको प्याङ गा.बि.स. १ र ६ का जम्मा १२० घरधुरीलाई लक्षित गरि धुपिडाडामा ट्रान्सफर्मर राखेर विद्युत बिस्तारको काम गरिएको छ । माईजोगमाई गाउँपालिकाले आप्नो माईजोगमाई..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७