पार्किङ गरी राखेको मोटरसाईकल तोडफोड गर्ने इलामका दुई जना पक्राउ

पार्किङ गरी राखेको मोटरसाईकल तोडफोड गर्ने इलामका दुई जना पक्राउ

३१ असार, इलाम । पार्किङ गरी राखेको मोटरसाईकल तथा सीसीटीभी तोडफोड गर्ने इलामका दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलाम नगरपालिका–७ मालापथका १९ वर्षीय पारुहाङ देवान र सोही ठाउँका १९ वर्षीय आकाश परियार रहेका छन् ।

उनीहरुलाई सीसीटीभीले कैद गरेको फुटेजको आधारमा मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

उनीहरुले अस्ती सोमबार राती ११ः४५ बजे इलाम नगरपालिका–७ स्थित चोकबजार तथा बिभिन्न ठाँउमा पार्किङ गरी राखेको मोटरसाईकलहरुलाई तोडफोड गरी मालापथस्थित सीसीटीभी भएको बिजुलिको पोलमा चढि सीसीटीभी समेत फुटाउन खोजेका थिए ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर