करोडौँ रुपैँया ठगीको आरोपमा झापा दमकका एक व्यापारी पक्राउ

करोडौँ रुपैँया ठगीको आरोपमा झापा दमकका एक व्यापारी पक्राउ

२ श्रवाण, झापा । ठगीको आरोपमा झापा दमकका एक जना व्यापारी काठमाडाँैमा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा काठमाण्डौँको टोलीले विभिन्न जिल्लाका व्यापारीहरुसँग करोडौं रुपैयाँ ठगी गर्ने दमक–६ का चन्दन जिन्दललाई पक्राउ गरेको हो ।

जिन्दलले झापा, बारा, पर्सा र सर्लाही चार जिल्लाका २२ जना व्यापारीबाट झण्डै ८ करोड रुपैयाँ ठगी गरेको आरोपमा उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाईएको छ ।

जिन्दलले दमकमा हार्डवेयर र घरजग्गाका कारोबार गर्ने बहानामा तीन जनासँग डेढ करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । त्यस्तै अन्य जिल्लाबाट खाद्यान्न उधारो ल्याइ राजधानीमा सस्तो मूल्यमा बिक्री गरेर रकम लिएर सम्पर्क बिहीन भएको प्रहरीको दावी छ ।

प्रहरीका अनुसार जिन्दलले गत चैत्र महिनादेखि लकडाउन अवधिमा विभिन्न स्थानमा ठगी गरेका छन् । पक्राउ परेका जिन्दललाई थप अनुसन्धानका लागि प्रहरीले बारा जिल्ला पठाउने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर