१० श्रावण, इलाम । इलामको माइखोलामा हिजो(शुक्रवार) विहान फेला परेको वेवारिसे शवको सनाखत भएको छ ।
इलाम नगरपालिका–८ स्थित माईखोलामा मृत फेला परेका व्यक्ति इलाम नगरपालिका–५ का ३० वर्षीय सुमन खत्री भएको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिनुभयो ।
हिजो विहान करिब साढे १० बजे माईखोला नामसालिङ जाने पक्की पुल नजिक खोलामा खत्रीको शव फेला परेको थियो ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७