गौरीगञ्जको अस्थाई प्रहरी पोष्ट माथि भारतीयको आक्रमण, दुई प्रहरी जवान घाईते

गौरीगञ्जको अस्थाई प्रहरी पोष्ट माथि भारतीयको आक्रमण, दुई प्रहरी जवान घाईते


४ श्रावण, झापा । झापाको दक्षिणी भारतीय सिमावर्ती क्षेत्रस्थित गौरीगञ्ज–५ स्थित डाँगीटोलामा रहेको शसस्त्र प्रहरीको पोष्ट माथि भारतीय अज्ञात समूहले आक्रमण गरेका छन् । आक्रमणमा परि दुई जना प्रहरी जवान घाईते भएका छन् ।

नेपाल– भारत सीमा क्षेत्रको शसस्त्र प्रहरी पोष्ट माथि हिजो राति ९ वजे तिर भारतबाट घरेलु हतियारी सहित आएका ४०/५० जनाको एक समुहले आक्रमण गर्दा प्रहरी जवान घाईते भएका हुन् । घाईते ती प्रहरी जवानको शरीरमा चोटपटक लागेको बताईएको छ ।

डाँगीटोलास्थित पिलर नं १ सय ५२ को करिब ३ सय मिटर पूर्वमा रहेको अस्थायी शसस्त्र प्रहरी पोष्टमाथि एक्कासी आक्रमण गर्न थालेपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले ४ राउण्ड हवाई समेत फायर गर्नु परेको सीमा सशस्त्र प्रहरी बल गौरीगंजका प्रहरी निरीक्षक साईमण श्रेष्ठले बताउनुभयो ।

झडपमा आक्रमणकारीहरुले भाला, खुकुरी, रड, दाउलगायतको घरेलु हातहतियार प्रयोग गरेका थिए ।

हवाइ फायर पछि आक्रमणकारीहरु भारततर्फ नै भागेको प्रहरीले जनाएको छ । भारतीय तस्करहरूले नेपालतर्फ मालसमान लान नपाएको झोकमा प्रहरीमाथि आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ । लामोसमयसम्म लकडाउनका कारण सिमाक्षेत्रमा शस्त्र प्रहरीले कडारूपमा गस्ती तीव्र वनाउदै आएपछि तस्करीहरुले नेपालतर्फ समान ढुवानी गर्न पाएका छैनन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर