झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आधा बजेट खर्च हुन सकेन

झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आधा बजेट खर्च हुन सकेन


६ श्रावण, झापा । कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि सरकारले आ.व. २०७६/०७७ का लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत झापामा पठाएको आधाभन्दा बढी बजेट खर्च हुन नसकेर फिर्ता भएको छ ।

तीव्र गतिमा काम हुने समयमा विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले गरेको लकडाउनका कारण योजनाहरु प्रभावित भएकोले बजेट खर्च हुन नसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई झापाले जनाएको छ ।

कार्यालयका अनुसार आर्थिक बर्ष २०७६/०७७ मा चार वटा जोनमा खर्च हुने गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट सात करोड ७० लाख ७५ हजार रुपैयाँ बजेट आएको थियो । तर, कोरोना संक्रमण र लकडाउनका कारण चार करोड ४३ लाख २६ हजार खर्च हुन नसकेको कार्यालय प्रमुख रविन्द्र सुवेदीले जानकारी दिनुभयो ।

कार्यालयले तीन करोड २७ लाख ४९ हजार मात्र खर्च गरेको छ । कतिपय रकम कृषि तथा पशुपन्छी विकास मन्त्रालयमै फिर्ता भएको सुवेदीले बताउनुभयो ।

झापामा ०७६/०७७ मा परियोजना इकाई अन्र्तगत धान सुपरजोन, मकै जोन, सुपारी जोन र रबर जोन गरी चार वटा कार्यक्रम सञ्चालनमा रहेका थिए । परियोजनाले जोनका कृषक, सहकारी र कृषि फर्महरुलाई कृषि उपकरण, सौर्य ऊर्जा लगायतमा ५० प्रतिशत अनुदान दिँदै आएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर