५ श्रावण, झापा । झापामा यौनजन्य अपराधका घटनामा समेत कमी आएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाको त्रिवर्षीय तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/०७५ मा झापामा ९९ करणी, ३४ करणी उद्योग र एउटा घटना बाल यौन दुरुपयोग अप्राकृतिक मैथुन भएको थियो ।
आर्थिक वर्ष २०७५/०७६ मा १७४ यौनजन्य अपराधका घटना घटे पनि आर्थिक वर्ष २०७६/०७७ मा १२६ वटा मात्रै यौनजन्य अपराधका घटना घटेका छन् । आर्थिक वर्ष २०७६/०७७ मा जबर्जस्ती करणीका ८५, करणी उद्योगका २४ र बाल यौन दुव्र्यवहार र अप्राकृतिक मैथुनका १७ वटा घटना घटेका छन् ।
मुलुकी फौजदारी अपराध संहिता, २०७४ मिति २०७५ साल भदौ १ गतेबाट लागू भएसँगै प्रहरीले अहिले बाल यौन दुरुपयोगसम्बन्धीको कानूनी व्यवस्था भएकाले आर्थिक वर्ष २०७६/०७७ मा बाल यौन दुरुपयोग मुद्दा दर्ता थालिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यौनजन्य अपराधका घटनालाई हेर्ने हो भने ८५ प्रतिशत घटना जबर्जस्ती करणी, २४ प्रतिशत उद्योग, १३ प्रतिशत बाल यौन दुरुपयोग र चार प्रतिशत अप्राकृतिक मैथुनजस्ता अपराधका घटना हुने गरेको छ । प्रहरीको तथ्याङ्कअनुसार विर्तामोड नगरपालिकामा १४, भद्रपुरमा १३, दमकमा १२, मेचीनगर तथा अर्जुनधारामा आठरआठ र कनकाई तथा गौरादहमा पाँचरपाँच, त्यस्तै शिवसताक्षीमा चार वटा घटना घटेका छन् ।
गाउँपालिकामा बाल यौनजन्य दुरुपयोग, अप्राकृतिक मैथुनजस्ता अपराधका घटना धेरै घट्ने गरेको पाइएको छ । बुद्धशान्ति गाउँपालिकामा छ वटा, गौरीगञ्ज गाउँपालिकामा पाँच वटा बालयौनजन्य घटना घटेको पाईएको छ ।