५ श्रावण, इलाम/रोङ । अविरल वर्षाका कारण इलामको रोङ गाउँपालिका वडा नं. ६ मा पहिरो जादा एक घर पुरिएको छ ।
आज विहान ९ बजे तिर झरेको पहिरोले स्थानिय डिकबहादुर राईको घर तथा गोठ पुरिएको छ । राईको घरमा केही महिना अघि देखी झापा मेचीनगरका बलबहादुर मगर र उनकी श्रीमती बस्दै आएका थिए ।
उनिहरु खाना खान बाहिरको किचेनमा निस्किएको बेला माथिबाट पहिरो खसेकाले मानविय क्षती भने नभएको बताईएको छ ।
अहिले मगर र उनकी श्रीमती छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।