मेलम्ची खानेपानीको सुरूङमा पानी हालेर परीक्षण शुरु गरियो

१० फाल्गुन, काठमाण्डौँ । मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङमा आजबाट फेरि पानी भर्न थालेर परीक्षण सुरु गरिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण थालेको आयोजनाले बताएको छ । खानेपानी मन्त्री मणि थापा, युवा तथा खेलकुद मन्त्री दावा तामाङ, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र पूर्व कानुन मन्त्री शेर बहादुर तामाङलगायतको टोलीले आज स्विच थिचेर पानी भर्ने..

वैद्य र डाक्टरले छाडेका प्रचण्डलाई झाँक्रीले पनि बचाउन सक्दैन: प्रधानमन्त्री ओली

८ फाल्गुन, विराटनगर । डाक्टर र वैद्यले छाडेपछि प्रचण्ड झाँक्रीको साथमा पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । विराटनगरमा आयोजित सभामा उहाँले सुरुमा वैद्य र पछि डाक्टरले छाडेपछि प्रचण्ड झाँक्रीको साथमा पुगेको टिप्पणी गर्नुभएको हो । तर झाँक्रीले प्रचण्डलाई संरक्षण गर्न नसक्ने पनि बताउनुभयो । सिद्दिएका प्रचण्डलाई आफूले सिङ हाल्दिएको उहाँको तर्क थियो । आफूले लगाइदिएको सिङ बढेपछि सिध्याउन भन्दै लागेको बताउनुभयो । प्रचण्ड खिहिने बाटोमा अघि बढेको बताउनुभयो..

गृहमन्त्री थापाको प्रश्नः जनताको ताजा जनादेशमा जाने कुरा कसरी प्रतिगामी भयो ?

८ फाल्गुन, विराटनगर । गृहमन्त्री रामबहादुर थापा बादलले जनताको ताजा जनादेश लिएर अस्थिरताई स्थायित्वमा बदल्न सकिने बताउनुभएको छ । नेकपा ओली समूहद्वारा विराटनरमा आज आयोजित सभामा बोल्दै थापाले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न आन्दोलित हुनुपरेको उल्लेख गर्नुभयो । पार्टीको नेतृत्वलाई अलोकतान्त्रिक पद्धतिमा पदच्यूत गर्न खोजिएको बताउँदै उहाँले जनताको बीचमा जाने निर्णय पूर्ण लोकतान्त्रिक कदम भएको जिकिर गर्नुभयो । ‘जनताको ताजा जनादेश लिने कुरो त्यो लोकतान्त्रिक कदम..

यो सरकारले एमसीसी प्रस्ताव सदनमा प्रस्तुत गरेको होईनः सुवास नेम्वाङ

८ फाल्गुन, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सरकारलाई काम गर्न नदिईएको बारे आधार पेश गर्नुभएको छ । आज ओली समूहले विराटनगरमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै नेम्वाङले यस्तो बताउनुभएको हो । उहाँले संसद्ले काम पाएन भने सरकारले ढङ्ग नपूर्याएको भन्ने आरोप लाग्ने गरेको बताउदैं सरकारले संसदलाई काम दिएन भने सरकारले काम गर्न सकेन भन्ने आरोप लाग्नेको बताउनुभयो । उहाँले उहाहरण दिदै..

उर्लाबारीमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

८ फाल्गुन, मोरङ । मोरङको उर्लाबारीमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा उर्लाबारी नगरपालिका ८ का २३ वर्षे प्रदीप धामी र सोही ठाउँका २२ वर्षे सुदीप भुजेलको भृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । उनीहरुलाईलाई प्रदेश १–००१ क १०३५ नम्बरको पूर्व तर्फ जाँदै गरेको ट्रकले विपरित दिशाबाट आएको को ३१..

वडाध्यक्षको पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष प्रदिप साङपाङलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरीम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधिश पुरुषोत्तम भण्डारीको एकल इजलाशले निर्वाचन आयोगसँग लिखित जवाफ माग गर्दै आयोगले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरीम आदेश दिएको हो । सर्वोच्चले अन्तरीम आदेश जारी गर्न नपर्नुको कारण १५ दिनभित्र महान्यायधिवक्ता वा कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न..

बर्जुमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुने भएपछि बजेट सक्न कर्मचारी भारत लागे

६ फाल्गुन, सुनसरी । सुनसरीको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज कार्कीको सरुवा सूचनासँगै कर्मचारीहरु पालिकाको बजेट खर्च गर्न भारत भ्रमणमा गएका छन् । प्रमुख प्रशासकीय अधिकृत नवराज कार्की सहित पालिकाका आधा दर्जन बढी कर्मचारी एक साथ भारत भ्रमणमा निस्केपछि कार्यालयको काम समेत प्रभावित भएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । गाउँपालिकामा आउने सेवाग्राहीहरु शाखाका कर्मचारीहरु एक साथ भ्रमणका लागि भारततिर लागेपछि रितै फर्किन बाध्य भएको स्थानीय असरफ साफीले गुनासो गर्नुभयो..

ओली समुहको प्रेस संगठन झापा संयोजकमा उप्रेती

६ फाल्गुन, झापा । सत्तारुढ नेकपा निकट प्रेस संगठन नेपालको झापा संयोजकमा दमकका पत्रकार टिकाराम उप्रेती चयन हुनुभएको छ । नेकपाको विभाजनसँगै प्रेस संगठन पनि दुई समूहमा विभाजित भएको छ । उप्रेती साविक माओबादी सम्वद्ध प्रेस सेन्टरका झापा अध्यक्ष हुनुहुन्थ्यो । संगठनको सहसंयोजकमा दमककै मनकुमार गदाल र विर्तामोडका प्रदीप परियार चयन हुनुभएको छ । साविक नेकपा एमालेको पत्रकार संगठन प्रेस चौतारी र साविक नेकपा माओबादीको संगठन प्रेस सेन्टर रहेको थियो..

सर्वाेच्चमा प्रधानमन्त्रीको जवाफः अदालतको अवहेलना भन्ने दाबी नै अनुचित !

६ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वाेच्च अदालतमा आँफै उपस्थित भएर अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्नुभएको छ । उहाँले आफूबाट अदालतको अवहेलना भएको भन्ने दाबी नै अनुचित र खारेजभागी रहेको स्पष्ट पार्नुभएको छ । उहाँले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै आएको र अदालतको अवहेलना कहिल्यै नगरेको बताउनुभएको छ । आज सर्वाेच्च अदालतमा आफैं उपस्थित भएर ११ बुँदे लिखित जवाफ बुझउँदै प्रधानमन्त्री ओलीले आफू ओलीले..

टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्द

६ फाल्गुन, काठमाण्डौँ । परीक्षामा टिकटक बनाउने दैलेखका विद्यार्थीको परीक्षा रद्द भएको छ । कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक संञ्जालमा राख्ने रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो । रोशनले दैलेखको कालीका मा.वि.बाट परीक्षा दिएका थिए । उनको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत मंसिरमा भएको परीक्षामा उनले परीक्षा दिएकै बेला टिकटक बनाएकाले उनको चालु खण्डको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो ।..