आज वसन्तपञ्चमीः राष्ट्रपतिद्धारा वसन्त श्रवण

४ फाल्गुन, काठमाण्डौँ । वसन्तपञ्चमीको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको न्यासल चोक पुगेर वसन्त श्रवण गर्नुभएको छ । हनुमान ढोकाका मुल पुरोहितबाट उहाँले वसन्त श्रवण गर्नुभएको हो । राष्ट्रपति भण्डारीलाई पुरोहितले टीका तथा प्रसाद समेत प्रदान गर्नुभएको हो । बसन्त श्रवण गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नीप्रसाद सापकोटा, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतका उच्च पदस्थ व्यक्तिहरू हनुमानढोका पुग्नुभएको थियो ।

धनिपुर्जा हातहातमानै दिइने : इलाम अध्यक्ष खनाल

माङसेबुङ । भूमि सम्बन्धि आयोगले धनिपुर्जा हातहातमानै दिइने भूमी समन्धी समस्या समाधान आयोगका इलाम जिल्ला अध्यक्ष ओमनारायण खनाल बताए । भूमि सम्बन्धि समस्याहरुलाई समाधान गर्नका लागि आयोग गठन भइसकेको र अब सबैलाइ सहज तरिकाले धनिपुर्जा बाडिने खनालले बताए । खनालले शनिबार इलामको माङसेबुङमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको गाउँपालिका स्तरिय कार्यकर्ता भेलामा साे कुरा बताएका हुन् ।  नेकपाको माङसेबुङ गाउँपालिका स्तरिय कार्यकर्ता भेला शनिबार माङसेबुङको चतुरेमा सम्पन्न भएको छ । कार्यकर्ता..

इजलासमा प्रधानन्यायाधीशको प्रश्नः यो सरकार केपी ओलीको हो कि नेकपाको ?

२ फाल्गुन, काठमाण्डौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वर्तमान सरकार कसको नेतृत्वको हो भनि इजलासमा प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आइतबारदेखि सुरु भएको रिट निवेदकतर्फको जबाफी बहसका क्रममा प्रधानन्यायाधीश राणाले अधिवक्ता डा. दीनमणि पोखरेललाई यसबारे प्रश्न गर्नुभएको हो । ‘अहिलेका प्रधानामन्त्री जो हुनुहुन्छ, केपी ओलीको सरकार हो कि नेकपाको सरकार हो ? इजलासमा राणालले प्रश्न गर्नुभएको थियो । जबाफमा पोखरेलले नेकपाको सरकार भएको बताउनुभयो । राणाले फेरि थप्नुभयो,..

विश्वका शक्तिशाली प्रेम–पत्र !

२ फाल्गुन, काठमाण्डौँ । युवा जनरल नेपोलियन बोनापार्टलाई विवाहको दुई दिनलगत्तै इटालियन सेनाविरुद्ध लड्न मोर्चामा जानुपर्याे । उनले लडाइँको मोर्चाबाटै आफ्नी पत्नी जोसेफिनलाई प्रेमपत्र लेखे– ‘जोसेफिन, तिमी मेरा लागि अतुलनीय छौं । तिमीबाट टाढा रहँदा जीवनको कुनै पनि आनन्दले मलाई छुँदैन । तिमीबाट अलग रहँदा सारा संसार मेरा लागि विशाल मरुभूमि बन्छ र त्यसको निर्जनतामा म एक्लै भौंतारिने गर्छु–आफ्नो अतृप्त आकांक्षाका साथ ।’ ‘मेरो प्राण जोसेफिनकै लागि हो । मेरी..

प्रधानमन्त्री ओली गृह जिल्ला झापा आउदैं

२ फाल्गुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओली आउदो फाल्गुन १६ गते गृह क्षेत्र आउनुहुने भएको छ । करिव एक बर्ष पछी प्रधानमन्त्री ओली गृह जिल्ला झापा आउन लाग्नुभएको हो । अघिल्लो बर्ष फाल्गुनमा उहाँ दमक रवि सडक शिलान्यास गर्न गृह क्षेत्र आउनुभएको थियो । आउदो फाल्गुन १६ गते प्रधानमन्त्री ओलीले दमक र कमलमा बिभिन्न योजनाको शिलान्यास र उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको सचिवालयका सदस्य होमबहादुर थापाका अनुसार प्रधानमन्त्री..

दमकमा मदन भण्डारी रंगशाला बनाउन २७ हेक्टर राष्ट्रिय वन दिइने

२ फाल्गुन, काठमाण्डौँ । सरकारले झापामा मदन भण्डारी रंगशाला बनाउन २७ हेक्टर राष्ट्रिय वन क्षेत्र उक्त आयोजनालाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को १९ र २६ माघमा बसेको बैठकले यस्तो झापाको दमक नगरपालिकामा रहेको उक्त बन प्रयोग गर्न दिने र एक हजार नौँ सय २४ वटा रुखविरुवा हटाउन स्वीकृति दिने निर्णय गरेको हो । मंगलबार सार्वजनिक निणर्य अनुसार सरकारले संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ४६ औं सत्रको उच्चस्तरीय सप्ताहमा भर्चुअल..

प्रचण्डलाई ओलीको जवाफः जनसमर्थन कस्तो हुन्छ बुटवलमा हेर्न आउनुस्

१ फाल्गुन, बुटवल । काठमाडौंमा भएको प्रचण्ड–माधव पक्षको विरोधसभामा प्रचण्डले ‘जनसहभागिता हेर्न यहाँ आउनुस् केपीजी’ भनि दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफ फर्काउनुभएको छ । उहाँले प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा गरेको विरोधसभाका लागि देशभरबाट मान्छे ओसारेपनि जनसहभागिता नदेखिएको दावी गर्नुभयो । बुटवलमा आज नेकपा ओली समूहले गरेको जनसभाका क्रममा ओलीले देशभरबाट नभइ प्रदेशस्तरको सभामा नै हजारौंको सहभागिता रहेको बताउनुभयो । ‘अस्ति ३ दिनअघि मात्रै देशभरबाट मान्छे जम्मा गरेर अलीकति मान्छे..

मन्त्री नेम्वाङद्धारा पाँचथरमा एकै दिन तीन वटा आयोजनाको शिलान्यास

१ फाल्गुन, पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पाँचथरको सदरमुकाम फिदिममा आज एकै दिन तीन वटा आयोजनाको शिलान्यास गर्नुभएको छ । मन्त्री नेम्वाङले फिदिम बजारभित्र निर्माण हुन लागेको फिदिम रङ्गशाला, बजारभित्रका सडकको कालोपत्रे तथा फिदिम माध्यमिक विद्यालयको १२ कोठे भवनको आज एक कार्यक्रमकाबीच शिलान्यास गर्नुभएको हो । तीन वटै आयोजनाको शिलान्यास समारोहमा बोल्नुहुँदै मन्त्री नेम्वाङले पूर्वाधार विकास र जनतालाई सहज सेवा दिने कार्य कुनै पनि बहानामा रोकिन..

आज सोनाम ल्होसारः राष्ट्रपति देखी मुख्यमन्त्रीसम्मले दिए शुभकामना

३० माघ, काठमाण्डौँ । तामाङ समुदायको सोनाम तथा ग्याल्पो ल्होसार पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपीशर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतले शुभकामना दिनुभएको छ । त्यस्तै, नेपाली कांग्रेस, नेकपा, जनता समाजवादी पार्टीले पनि ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै बहुरंगी संस्कृतिको धनी नेपाल यिनै विभिन्न आस्था र अवस्थाहरुलाई मिलाएर अघि बढ्न सकेको खण्डमा मात्रै राजनैतिक स्थायित्व, दिगो शान्ति, छिटो..

सुशासन, पारदर्शिता र स्वच्छताका लागि नियमन, अनुगमन हुनुपर्छः प्रधानमन्त्री ओली

२७ माघ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजकल्याण परिषद् र विश्वविद्यालयहरुबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर नयाँ अभ्यासको प्रारम्भ भएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा परिषद् र विभिन्न विश्वविद्यालयबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीमा हस्ताक्षर समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कार्यक्रम नतिजामुखी बनाउन र कार्यान्वयन भइरहेको काम परिणाममुखी बनाउने प्रभावकारी माध्यम अध्ययन, अनुगमन र विश्लेषण भएको बताउनुभयो । सामाजिक क्षेत्र र समाजकल्याणका क्षेत्रका कार्यक्रम अनुगमनका अभावमा अलपत्र हुने जनगुनासोबीच आज..