समाचार
सरकारसंग वार्ता गर्न विप्लव समूहले वार्ता टोली गठन गर्यो
१८ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टीको विप्लव समूहले वार्ता टोली गठन गरिसकेको छ । विप्लव समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा वार्ता टोली गठन गरेको हो । वार्टा टोलीमा प्रकाण्डका अलावा दिपक चलाउने छन् । सरकारसँग वार्ताका लागि ८ फाल्गुनमा विप्लवले प्रेस वक्तव्यमार्फत वातावरण बनाउन आग्रह गरेका थिए । वार्ताको पहल भइरहँदा विप्लवको विज्ञप्ति आएको थियो । आज सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका..
प्रधानमन्त्री ओली आज झापा आउनुहुदैं (कार्यक्रम तालिका)
१८ फाल्गुन, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा आउनुहुदैछ । गृह जिल्लाका दुई कार्यक्रम र मोरङको एक कार्यक्रममा सहभागी भई प्रधानमन्त्री ओली काठमाडौं फर्किने नेकपा झापाका नेता शिव ढुङ्गेलले जानकारी दिनुभयो । प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष ओली काठमाडौंबाट यति एयरलाइन्सको दोस्रो फ्लाइटबाट भद्रपुर आउनुहुने छ । गृह जिल्लामा पहिलो कार्यक्रम विर्तामोड नगरपालिकाले ७ मा निर्माण गरेको प्रदेश गौरभ भिलेजको समुद्घाटन गर्नुहुने छ । प्रदेश गौरभ भिलेज विर्तामोड नगरपालिकाले..
कस्तो हुन्छ प्रधानमन्त्रीको सुरक्षा घेरा ?
१८ फाल्गुन, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शुरक्षाबारे खतरा रहेको बताउनुभएको छ । आफुमाथि शारीरिक हमला वा ज्यान तलमाथि भइहाल्यो भने पनि अनौठो नमान्न कार्यकर्ताहरूलाई सुझाउनुभएको छ । सोमबार पोखरामा आफ्नो पक्षका कार्यकर्तालाई प्रशिक्षित गर्दै प्रधानमन्त्री ओलीले पार्टीको नेतृत्वमा रहेका हुनाले, यस पार्टीलाई अघि बढाइरहेको हुनाले, सरकार प्रभावकारी र गतिशील ढंगले सञ्चालन गरिरहेको हुनाले, विकास निर्माणको कामहरूले गति लिइरहेको हुनाले आफूमाथि प्रहार केन्द्रित रहेको बताउनुभयो । प्रधानमन्त्रीको यस..
प्रधानमन्त्री ओली भोली मंलवार उर्लावारी आउनुहुदैं
१७ फाल्गुन, उर्लावारी । प्रधानमन्त्री केपी शर्मा ओली भोली मंलवार मोरङको उर्लावारी आउनुहुने भएको छ । शहरी विकास मन्त्रालयले मोरङको उर्लाबारी नगरपालिकामा बनाउन लागेको सन्थाल जातिको एकीकृत बस्ती शिलान्यासका लागि प्रधानमन्त्री ओली उर्लावारी आउनुहुने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको उक्त बस्ती निर्माणका लागि मन्त्रालयले गुरुयोजना तयार गरिसकेको छ । यही भोली प्रधानमन्त्री ओलीले सो बस्ती शिलान्यास गर्ने कार्यक्रम छ । उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा ३०..
प्रचण्डको प्रश्नः हारेपछि बलियो हुने अरे ? अचम्म !
१७ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सर्वाेच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गरिसक्दापनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएको भन्दै कडा आलोचना गर्नुभएको छ । आज पेसागत महासङ्घ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ बीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । सर्वाेच्चले ओलीलाई हराईदिएको भए पनि झन बलियो भयौं भन्दै प्रचण्डले व्यङ्य गर्नुभएको छ । ‘अचम्म ! हारेपछि बलियो..
मुलुककै सवैभन्दा ठूलो औद्योगिक पार्कको प्रधानमन्त्रीद्धारा शिलान्यास (फोटो फिचर)
१६ फाल्गुन, झापा । झापाको दमक नगरपालिका–कमल गाउँपालिका र गौरादह नगरपालिकामा बन्ने नेपाल–चीन मैत्री नेपालकै सवैभन्दा ठूलो औद्योगिक पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको छ । करिव २१ सय विगाहा क्षेत्रमा निर्माण हुने भनिएको चिन–नेपाल मैत्री पार्कको उहाँले आईतवार शिलान्यास गर्नुभएको हो । त्यस्तै उहाँले आईतवार नै मदन भण्डारी राजमार्गमा पर्ने करिव ३० वटा पुलको एकैसाथ शिलान्यास गर्नुभएको छ । उहाँले झापा विभिन्न क्षेत्रमा निर्माण सम्पन्न भएका अन्य ४..
म नरहेपनि केही छैन, प्रतिक्रियावादी तत्वका मतियारहरुसँग घुँडा टेक्नु हुँदैनः प्रधानमन्त्री ओली
१७ फाल्गुन, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ज्यानकै खतरा रहेको खुलासा गर्नुभएको छ । सरकारले विकास निर्माण तीव्र गतिमा काम गरिरहेकाले देशी–विदेशी तत्वहरु नेकपालाई ध्वस्त पार्न लागिरहेको भन्दै ओलीले आफूमाथि पनि प्रहार केन्द्रीत भएको बताउनुभएको हो । आज पोखरामा आयोजित नेकपा आफु पक्षीय गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो । नेकपाको नेतृत्व गरेर पार्टीलाई अघि बढाउदैं सरकारलाई प्रभावकारी र गतिशील ढंगले सञ्चालन गरिरहेको हुनाले आफ्नो..
राष्ट्रपति भण्डारीद्धारा फाल्गुन २३ गतेका लागि संसद अधिवेशन आह्वान
१७ फाल्गुन, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नुभएको छ । उहाँले सरकारको सिफारिसअनुसार सोमबार फाल्गुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको हो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्री कार्यालयबाट संसद अधिवेशनको पत्र प्राप्त भइसकेको भन्दै सोहीअनुसार राष्ट्रपतिले २३ गते ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेको जानकारी दिनुभयो । केहीबेरमै राष्ट्रपति कार्यालयबाट संसद अधिवेशन आह्वानसम्बन्धी विज्ञप्ति जारी हुने उहाँको भनाइ छ..
नेकपाको कानुनी विभाजन रोक्न बामदेव सक्रियः सम्भव छ त ?
१७ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टीको कानुनी विभाजन रोक्ने प्रयासहरु अझै चलिरहेको छ । विभिन्न सम्भावनाहरुसहित केही नेताहरु विभाजित दुवै समूहसँग एकताको सूत्र तयार गर्न सक्रिय भएको छ । नेकपा उपाध्यक्ष बामदेव गौतम दुवै पक्षका शिर्ष नेताहरुसँग भेटेर एकताको सूत्र तयार गर्न लाग्नुभएको छ । उहाँले गत हप्ता नेकपा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । उहाँले विभिन्न..
नेपालमा विकाशको मुल फुटेको छः मन्त्री नेम्वाङ
१६ फाल्गुन, झापा । भौतिक पूर्वधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नेपालमा विकाशको मुल फुटेको बताउनुभएको छ । झापाको दमक नगरपालिका–कमल गाउँपालिका र गौरादह नगरपालिकामा बन्ने चिन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले सो कुरा बताउनुभएको हो । नेपाका केही नेताहरुले देशलाई अस्थितरता तर्फ लैजान खोजे पनि देशमा विकाश निर्माणको कार्य भने नरोकिएको उहाँले बताउनुभयो । “सुखी नेपाली समृद्ध नेपाल” निर्माणको आकांक्षा पुरा गर्न अहिलेको सरकार पुर्वाधार निर्माण..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७