२० फाल्गुन, सुनसरी । सुनसरीको दुहबी नगरपालिका ८ को बि.पि.अधारभुत बिद्यालयमा विद्यालयका प्रध्यानाध्यापकले आर्थिक अनिमितता गरेको आरोप लागेको छ । व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर कार्कीले विद्यालयको खातामा रहेको पैसा चलखेल गरेको भन्दै विद्यालयमा गत मंगलबार स्थानियहरु सहित तालाबन्दी गरेका छन् ।
विद्यालयकका प्रधानाध्यापक निर्दल कुमारी चौधरीले विद्यालयको खाताबाट नौ लाख ९५ हजार रुपेया निकालेको उनीहरुको आरोप छ ।
प्रधानाध्यापक चौधरीले आफुहरुलाई जानकारी नदिई राष्ट्रिय वाणिज्य बैंक इनरुवाको खाता नं. २२२०१००००३००१००१ बाट नौं लाख ९५ हजार आसोज २५ गते झिकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कार्किको भनाई छ । आफुहरुले सोधीखोजी गर्दा प्र.अ. चौधरीले फाल्गुन १३ गते सो रकम विद्यालयको खातामा फिर्ता गरेको अध्यक्ष कार्किले बताउनुभयो ।
आर्थिक स्वार्थपुर्तीका लागि काम गरेको र त्यसमाथि अधिकार क्षेत्र भन्दा बाहिर गएर गैरकानुनी काम गरेकाले विद्यालयमा तनाब उत्पन्न भएको अध्यक्ष कार्किले बताउनुभयो ।
प्र.अ. चौधरील आफ्नो गल्ति, कम्जोरी र अनियमितताको ढाकछोप गर्नका लागि सो रकम पुन विद्यालको खातामा जम्मा गरेको हुदाँ आर्थिक अनमितता भएको प्रस्ट देखिन्छ, कार्कीले बताउनुभयो । तर विद्यालयका प्र.अ.ले गैरकानुनी काम गरेकाले विद्यालय व्यवस्थापन समिती भित्र समेत विवाद उत्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिमा प्रतिनिधित्वको लागि विधार्थी भर्ना गर्ने तर उक्त विधार्थी विद्यालयको नियमित विद्यार्थी समेत नहरेको स्थानिय सिवानी देवीले बताउनुभो ।