योङहाङ समाजले वडासम्म आफ्नो संगठन विस्तार गर्ने

१६ फाल्गुन, इलाम । योङहाङ समाज इलामले केन्द्रदेखि वडासम्म आफ्नो संगठन विस्तार गर्ने भएको छ । हिजो सम्पन्न समाजको प्रथम साधारण सभाबाट सो निर्णय पारित गरेको हो । समाजको विधान संशोधन गरी सो कार्यको लागि अगाडी बढ्ने समाजले बाटो खोलेको हो । आदिवासी लिम्बुहरुमध्ये योङहाङ थरका लिम्बूहरुको संख्या नेपालमा विशिष्ठ स्थानमा रहेको पाइन्छन् । इलाम जिल्लामा समेत योङहाङहरुको विशिष्ट स्थान रहेको छ । हाल इलाममा योङहाङ समाज इलाम नामक संस्था..

प्रमुख आयुक्त राईको उद्घोषः भ्रष्ट्राचारीलाई कारबाही गर्न पछि हट्दिन !

१६ फाल्गुन, काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । राईले नागरिक समाज र जनताको अपेक्षा अनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि अहिलेसम्म भएको कामभन्दा बढी प्रभावकारी ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । घट्टेकुलो समाजले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयहरुलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी..

नेपाललाई ‘अति कम विकसित’ राष्ट्रबाट ‘विकासशील’ राष्ट्रमा स्तरोन्नति गर्न सिफारिस

१५ फाल्गुन, काठमाण्डौँ । संयुक्त राष्ट्र संघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्न सिफारिस गरेको छ । राष्ट्र संघको विकास नीति समितिले पाँच वर्षको तयारी अवधि राखेर नेपाललाई अल्पविकसित राष्ट्रको अवस्थाबाट माथि लैजाने सिफारिस गरेको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ । सो समितिले हरेक तीन वर्षमा गर्ने समीक्षाका लागि बैठक यही वर्षको फेब्रुअरी २२ देखि २६ सम्म बसेको र सो बैठकमा नेपालले स्तरोन्नतिका लागि..

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था ‘अत्यन्त नाजुक’

१४ फाल्गुन, काठमाण्डौँ । मस्तिष्कघात भएर नर्भिक अस्पताल भर्ना गरिएका कांग्रेस नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था ‘अत्यन्त नाजुक’ बन्दै गएको छ । अहिले भेन्टिलेटरमा राखेर उपचार उहाँको भइरहे पनि सुधारको कुनै संकेत नदेखिएको अस्पताल स्रोतले जनाएको छ । ‘उहाँको स्वास्थ्यका सूचकहरु राम्रा छैनन, जतिबेला जे पनि हुन सक्छ,’ स्रोतले भन्यो । स्रोतका अनुसार जोशी पूर्ण अचेत अवस्थामा नै छन् । अस्पतालले केही बेरमा उहाँको स्वास्थ्यबारे औपचारिक जानकारी गराउने..

प्रतिनिधिसभा पुनस्र्थापना पछि आज मन्त्रिपरिषदको बैठक बस्दै

१४ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्र्थापना भएपछि मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बैठक बोलाइएको हा । आजको बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्न सक्ने संभावना रहेको छ । गत फाल्गुन ११ गतेको सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापनाको फैसला गर्दै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो ।

अब कसैले पनि पाँच बर्षसम्म संसद भंग गर्न सक्दैनः पूर्वराष्ट्रपति यादव

१३ फाल्गुन, जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद विघटन बदर गर्ने सर्वाेच्च अदालतको फैसलाले संविधान मजबुत बनाएको बताउनुभएको छ । लोकतन्त्र रहेसम्म अब कसैले पनि पाँच बर्षसम्म संसद भंग गर्न नसक्ने उहाँको भनाइ छ । महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा आज जनकपुरधाममा आयोजित कार्यक्रममा डा. यादवले सर्वाेच्च अदालतलेको फैसलाले लोकतन्त्रमा विश्वास गर्नेहरुलाई खुसी दिएको बताउनुभयो । संसद विघटन भएपछि धर्मवादी, क्षेत्रवादी, तानाशाहीवादी जुर्मुराएको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘देशमा..

सर्वाेच्च अदालतले देशलाई अनिश्चितताबाट जोगायोः जसपा अध्यक्ष यादव

१३ फाल्गुन, इलाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सर्वाेच्च अदालतले मुलुकलाई राजनीतिक अस्थीरता र अनिश्चितता हुनबाट रोकेको बताउनुभएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका यादवले संघीयता, गणतन्त्र र लोकतन्त्र नै ध्वस्त पार्ने योजनाका साथ भंग गरिएको संसद पुनस्र्थापना गरेर सर्वाेच्च अदालतले आन्दोलन, अस्थीरता र अनिश्चितताबाट जोगाएको बताउनुभयो । जनता समाजवादी पार्टी इलामले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सर्वाेच्च अदालतले केपी ओलीको निरंकुश बन्ने सपनालाई रोकेको..

नेकपाको नाम विवादमा सर्वाेच्चले फाल्गुन २० गते फैसला गर्ने

१३ फाल्गुन, काठमाण्डौँ । सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा फाल्गुन २० गते फैसला गर्ने भएको छ । आज न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त मुद्दामा सुनुवाई सकेर निर्णय सुनाउने मिति फाल्गुन २० गतेलाई तोकेको सर्वाेच्च अदालतका एक अधिकारीले बताए । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर..

छोरो नपाई कन्दी बाट्ने कुरा हुँदैनः रामचन्द्र पौडेल

१३ फाल्गुन, काठमाण्डौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा विभाजनको स्थिति प्रष्ट भइनसकेको अवस्थामा कांग्रेसले कुनै निर्णय नगर्ने बताउनुभएको छ । पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पौडेलले संसदमा विषय आयो भने त्यहिँ कांग्रेसले आफ्नो पोजिसन प्रष्ट पार्ने बताउनुभयो । पौडेलले भन्नुभयो, ‘छोरो नपाई कन्दी बाट्ने कुरा हुँदैन । नेकपाको कुरा के हो ? उनीहरु विभाजन भएका हुन् कि होइनन् ? यसबारेमा प्रष्ट हुनुपर्छ । भोलि संसदमा विषय आयो..

सत्ता–साझेदारीका लागि दाहाल–नेपाल समूह र जसपाका नेताहरु बिच छलफल

१३ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकारमा सहकार्य गर्न जनता समाजवादी पार्टी (जसपा) सँग सत्ता समिकरणबारे वार्ता गरेको छ । जनता समाजवादी पार्टीले राजनीतिक परिस्थिति फेरिएसँगै सरकारमा जान सक्ने संकेत देखाएसंगै नेकपा–जसपा सत्ता समिकरणबारे कुरा अगाडी बढेको हो । सर्वाेच्च अदालतको फैसलालाई जसपाका नेताहरूले स्वागत गरेका छन् । फैसलालगत्तै जसपाका शीर्ष नेताले अनौपचारिक छलफलसमेत गरेका थिए । जसपाका नेता महन्त ठाकुर तथा राजेन्द्र महतो र नेकपा अध्यक्ष..