बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुग्यो

२२ फाल्गुन, काठमाण्डौँ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बटम थिचेपछि फाल्गुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको हो । आयोजनाका अधिकारीहरुका अनुसार सुरुङबाट आएको पानी सुरुमा बागमतीमा फालिने छ । सुरुको पानी फोहोरसहित आउने भएकाले बागमतीमा खसालिएको हो । आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको हो । आयोजनाको..

ओली पक्षले संसदीय दलको बैठकका लागि प्रचण्ड–माधव समुहलाई पनि ‘एसएमएस’ पठायो

२० फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा संसदीय दलको बैठकका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माधवकुमार नेपाल लगयत सबै सांसदहरूलाई ‘एसएमएस’ पठाएको छ । नेकपाले संसदीय दलको बैठकमा बोलाउन सांसदहरूलाई एसएमएस पठाउने गरेको छ । प्रधानमन्त्री ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले प्रचण्डसहित सबै सांसदहरूलाई २२ गते संसदीय दलको बैठकमा उपस्थित हुन म्यासेज पठाइएको जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल पक्षमा लागेका देव..

अब दुई बर्षसम्म यही सरकार रहन्छः महासचिव पौडेल

२० फाल्गुन, रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको दावि गर्नुभएको छ । गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा उहाँले आज पत्रकारसँग कुरा गर्दै अब पनि यही सरकार निरन्तर रहने बताउनुभयो । प्रतिनिधिसभामा अविश्वास प्रस्ताव दर्ता हुँदैमा वर्तमान सरकार नढल्ने र बाँकी दुई वर्षको कार्यकाल केपी शर्मा ओली नेतृत्वमै चल्ने उहाँको भनाई छ । आफ्नै दलको झण्डै दुई..

वृद्धभत्ता केही समयभित्रै पाँच हजार पुर्याइने छः प्रधानमन्त्री ओली

२० फाल्गुन, सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता केही समयभित्रै पाँच हजार पुर्याइने बताउनुभएको छ । उहाँले एक सयबाट शुरु भएको वृद्धभत्ता अहिले मासिक तीन हजार पुगेको उल्लेख गर्दै अब छिट्टै पाँच हजार पुर्याइने बताउनुभयो । आज सिन्धुलीमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गरेपछि सम्बोधनका क्रममा ओलीले भन्नुभयो–‘वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने छ ।’ तत्कालीन नेकपा एमालेले सुर्य चुनाव लड्दा घोषणापत्रमा वृद्धभत्ता पाँच हजार पुर्याइने उल्लेख गरेको..

प्रध्यानाध्यापकमाथी आर्थिक अनिमितता गरेको आरोप

२० फाल्गुन, सुनसरी । सुनसरीको दुहबी नगरपालिका ८ को बि.पि.अधारभुत बिद्यालयमा विद्यालयका प्रध्यानाध्यापकले आर्थिक अनिमितता गरेको आरोप लागेको छ । व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर कार्कीले विद्यालयको खातामा रहेको पैसा चलखेल गरेको भन्दै विद्यालयमा गत मंगलबार स्थानियहरु सहित तालाबन्दी गरेका छन् । विद्यालयकका प्रधानाध्यापक निर्दल कुमारी चौधरीले विद्यालयको खाताबाट नौ लाख ९५ हजार रुपेया निकालेको उनीहरुको आरोप छ । प्रधानाध्यापक चौधरीले आफुहरुलाई जानकारी नदिई राष्ट्रिय वाणिज्य बैंक इनरुवाको खाता नं...

आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय

२० फाल्गुन, काठमाण्डौँ । सर्वाेच्च अदालतको हिजो बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वाेच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले आज एकदिन सर्वाेच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वाेच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो । पूर्वप्रधानन्यायाधीश सिंहको यही फाल्गुन १८ गते..

गोङ्गबु हत्याकाण्डः कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय

२० फाल्गुन, काठमाण्डौँ । गोङ्गबु हत्याकाण्डकी मुख्य अभियुक्त कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय सुनाइएको छ । जिल्ला अदालत काठमाडौंले गोङ्गबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई अपराधी ठहर गर्दै आजीवन कारावासमा राख्ने फैसला सुनाएको हो । गत श्रावण २५ गते गोङ्गबुमा कृष्ण बहादुर बोहराको शरीर र टाउको छुट्टिएको अवस्थामा शव भेटिएको थियो । बोहराको घाँटी रेटी हत्या गरेर सुटकेशमा हाली खोलामा फालिएको अवस्थामा शव भेटिएको थियो । सो घटनामा संलग्न रहेकी कल्पनालाई..

प्रधानमन्त्री ओलीद्धारा जाउलाखेलस्थित चिडियाखानाको अवलोकन

१९ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज जाउलाखेलस्थित चिडियाखानाको अवलोकन गर्नुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षकसमेत रहेका ओली चिडियाखाना पुगी सबै जिवजन्तुको अवलोकन गर्नुभएको हो । आज चिडियाखानाको रजत जयन्ती तथा विश्ववन्यजन्तु दिवसको अवसर पारेर आयोजित कार्यक्रममा सहभागी हुन उहाँ चिडियाखाना जानुभएको थियो । यस्तै आज विश्व वन्यजन्तु दिवस पनि हो । पत्नी राधिका शाक्यसहित चिडियाखाना पुग्नुभएका प्रधानमन्त्री ओली मनोरञ्जनका लागि राखिएको ट्रलीमा समेत चढ्नुभएको थियो..

सरकार र विप्लव समूहविच एकै दिन दुई चरणको वार्ता

१९ फाल्गुन, काठमाण्डौँ । सरकार र विप्लव समूहविच एकै दिन दुई चरणको वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता आज साँझ भएको जानकारी दिनुभएको छ । यसअघि आज विहानै पहिलो चरणको वार्ता भएको थियो । वार्तामा दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निश्कर्षमा पुग्ने अपेक्षा गरिएको उल्लेख गरिएको छ ।  

सुवास नेम्वाङलाई प्रचण्ड–नेपाल समूहले कारबाही गर्ने

१९ फाल्गुन, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा पार्टी स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङलाई प्रचण्ड–नेपाल समूहले कारबाही गर्ने निर्णय गरेको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै सो समूहको केन्द्रीय कमिटी बैठकले नेम्वाङलाई कारबाही गर्दै संसदीय दलको उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको हो । उपनेता नेम्वाङले पार्टी अनुशासन उलंघन गरेकाले विधानअनुसार कारबाहीसहित दलको उपनेताबाट राजीनामा दिन बैठकले निर्देशन दिएको बैठकपछि प्रचण्ड नेपाल समुहका नेता भीम..