विखण्डनवाद र हिंसाको अन्त्यपछि मुलुक शान्तिपूर्ण युगमा प्रवेश गरेको छः प्रधानमन्त्री ओली

विखण्डनवाद र हिंसाको अन्त्यपछि मुलुक शान्तिपूर्ण युगमा प्रवेश गरेको छः प्रधानमन्त्री ओली

२६ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विखण्डनवाद र हिंसाको अन्त्यपछि मुलुक नयाँ शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ ।

सिंहदरबारमा आज आयोजित राष्ट्रिय सुरक्षा परिषदको २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले विखण्डनवाद र हिंसाको अन्त्य गरेर मुलुकलाई शान्तिको नयाँ अध्यायमा प्रवेश गएको बताउनुभएको हो ।

उहाँले हिंसात्मक बाटोमा लागेका सबैलाई शन्तिपुर्ण मार्गमा ल्याउन सफल भएको उल्लेख गर्नुहुँदै हिंसात्मक आन्दोलनमा लागेको विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनु कसैको पराजय र विजयको विषय नभई सबैको विजय भएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले सुखी नेपाली र समृद्ध नेपालका लागि शान्ति सुरक्षा र निर्भयको वातावरण तयार गर्दै त्यस लक्ष्यमा अग्रसर भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा र प्रतिरक्षाका क्षेत्रमा राष्ट्रिय सुरक्षा परिषद्को महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुहुँदै मुलुकको राष्ट्रिय सुरक्षा र प्रतिरक्षा शक्तिको आडमा नभई न्याय र सत्यको आडमा स्थापित गर्न चाहेको प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा परिषद्ले लड्न भिड्ने मात्रै नभई मिलाउन पनि जानेको उल्लेख गर्नुहुँदै नेपाली सेनालाई विवादमा ल्याउन खोज्नु गलत भएको बताउनुभयो ।

रक्षा सचिव एवम् सुरक्षा परिषद्का सदस्य–सचिव रेश्मीराज पाण्डेले परिषद्ले समसामयिक सुरक्षा अवस्थाको विश्लेषण गर्दै मुलुक सुरक्षा नीति र प्रतिरक्षा नीति निर्माणमा सहयोग गर्दै आएको बताउनुभयो । रेडियो नेपाल -file photo.

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270