२४ फाल्गुन, इलाम । अनेरास्ववियू इलाम जिल्ला कमिटी इलामले सामुदायिक विद्यालय सुधार अभियान चलाउने भएको छ । संगठनको आज फाल्गुन २४ गते सम्पन्न तेस्रो पुर्ण वैठकले पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर थप घट्दो अवस्थामा रहेको निश्कर्ष निकाल्दै सामुदायिक विद्यालय सुधार अभियान चलाउने निर्णय गरेको हो ।
अभियान अन्तर्गत जिल्लाभरका सवै सामुदायिक विद्यालयमा अनेरास्ववियूका तर्फबाट निरिक्षकको जिम्मेवारी तोकिएको छ । निरक्षकले विद्यालयको सम्पुर्ण तथ्यांक संकलन गर्दै विद्यालय स्तरमा अन्र्तक्रिया समेत गर्नेछ । तथ्यांक आएपछि जिल्ला स्तरमा सवै सरोकारवाला संग अन्तरक्रिया समेत गरेर शैक्षिक सुधारका लागि कार्य गर्ने संगठन इलामका अध्यक्ष मिलन खत्रीले जानकारी दिनुभयो ।
यस्तै वैठकले आगामी चैत्र ३१ गते साझ ‘अखिल सांझ’ गर्ने समेत निर्णय गरेको छ । ‘अखिल सांझ’ संञ्चालनका लागि बैठकले मिति तय गर्दे जिल्ला मातहतका स्थानिय तह कमिटीलाई आर्थिक दायित्व पनि तोकेको छ । जसमा नगरपालिका कमिटीलाई ७० हजार दायित्व निर्धारण गरिएको छ भने गाउँपालिका कमिटीलाई ५० हजार दायित्व निर्धारण गरिएको संगठनका सहसंयोजक राजेन्द्र फागोले जानकारी दिनुभयो । यस्तै बैठकले संगठन निर्माणलाई प्रभावकारी ढंगले संचालन गर्ने लगायतका निर्णय गरेको छ ।
अनेरास्ववियू इलामका संयोजक मिलन खत्रीको अध्यक्षता तथा संगठनका केन्द्रीय सचिवालय सदस्य रबिन्द्र सुबेदीको प्रमुख आतिथ्यतामा बसेको अनेरास्ववियू इलामको सचिवालय बैठकमा केन्द्रीय सदस्यहरू प्रबेश पराजुली, नारायण श्रेष्ठ, प्रकाश घिमिरे, विप्लव थापा लगायत जिल्ला माताहतका स्थानिय तह कमिटी संयोजक र सहसंयोकको समेतको उपस्थितिमा थियो ।