तस्करी गरेर ल्याईदैं गरेको ब्रोइलर कुखुराको भिटामिन बरामद

तस्करी गरेर ल्याईदैं गरेको ब्रोइलर कुखुराको भिटामिन बरामद

२६ फाल्गुन, सुनसरी । भारतबाट तस्करी गरेर ल्याइएको ब्रोइलर कुखुरामा प्रयोग गरिने औषधिजन्य भिटामिन प्रहरीले विराटनगरबाट बरामद गरेको छ ।

विराटनगर महानगरपालिका १६ स्थित केसलिया खोलानजिकबाट सशस्त्र प्रहरी बल बिओपी बखरीका प्रहरी निरीक्षक दिलकुमार पन्त नेतृत्वको टोलीले मङ्गलबार दिउँसो भिटामिन बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार एक सय मिलीलिटर दरका चार सय ३३, दुई सय मिलीलिटरका एक सय ४८ र पाँच सय मिलीलिटरका एक सय ८६ बोतल भिटामिन बरामद भएको हो । सशस्त्रले तस्करीमा प्रयोग गरेको चारवटा साइकलसहित तीन लाख मूल्यभन्दा बढीको भिटामिन नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीलाई देख्नासाथ साइकलसहित भिटामिन छाडेर तस्करीहरु भागेको एपसी पौडेलले बताउनुभयो ।

बरामद भएको भिटामिनमध्ये पाँच सय मिलीलिटरको प्रतिबोतलमा मूल्य ६ सय ९० भारतीय रुपैयाँ उल्लेख गरिएको छ । जसको नेपाली १ हजार १ सय ४ रुपैयाँ हुन्छ । प्रतिबोतल दुई सय मिलीलिटरको तीन सय ६० र एक सय मिलीलिटरको १ सय ८५ भारतीय रुपैयाँ पर्ने उल्लेख छ ।

बरामद गरिएका औषधि सशस्त्र प्रहरीले विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270