आज तराईमा होली पर्व मनाइँदै

आज तराईमा होली पर्व मनाइँदै


१६ चैत्र, विराटनगर । आज तराईका जिल्लाहरुमा होली पर्व मनाइँदैछ । रंगहरूको पर्व होली तराई तथा मधेसका जिल्लाहरूमा हर्षाेलासका साथ मनाइँदैछ ।

पहाडी जिल्लामा हिजो नै फागु पूर्णिमा अर्थात होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज मनाईदैँ छ ।

होलीका अवसरमा केन्द्र सरकारले आज एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।

भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ ।

हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ । तराईमा होलीको विशेष महत्व छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर