समाचार
सरकारले ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचार गर्ने
२७ फाल्गुन, काठमाण्डौँ । सरकारले ज्येष्ठ नागरिकहरुको निःशुल्क तथा सहुलियतमा उपचार सेवा विस्तार गर्न नयाँ निर्देशिका जारी गरेको छ । निर्देशिका अनुसार अब ५० शैयाभन्दा माथिका सबै अस्पतालहरुमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई अन्तरंग, बहिरंग र आकस्मिक सेवा निःशुल्क उपलब्ध गराईने भएको छ । हाल मुलुकभरका २४ वटा अस्पतालबाट उपलब्ध हुँदै आएको कार्यक्रम विस्तार गर्ने उद्देश्यले नयाँ ‘जेरियाट्रिक ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७७’ ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको..
‘झापा स्पोर्टस् अवार्ड २०७६’को तयारी पूरा, सात विधाका आठ खेलाडी सम्मानित हुने
२७ फाल्गुन, झापा । चौथो संस्करणको ‘झापा स्पोर्टस् अवार्ड २०७६’ को तयारी पूरा भएको छ । अवार्ड यही फाल्गुन २८ गते साँझ ठिक ५ बजे बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुनेछ । नेपाल खेलकुद पत्रकार मंञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले आयोजना गर्दै आएको ‘झापा स्पोर्टस् अवार्ड’को चौथो संस्करणमा सात विधाका आठजना खेल प्रतिभालाई नगदसहित सम्मान गरिने अध्यक्ष हिमाल खरेलले जानकारी दिनुभयो । मंञ्चले यसअघि पत्रकार सम्मेलन गरेर विभिन्न..
आज महाशिवरात्रि, शिवको पूजाराधना गरी आज देशभर मनाइँदै
२७ फाल्गुन, काठमाण्डौं । आज हिन्दुहरूको प्रमुख चाड महाशिवरात्रि । महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ ।भगवान शिवको प्रमुख पर्वको रुपमा मनाउने गरिएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । भगवान शिवजी उत्पत्ति भएका रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा..
झापाको मेचीनगरबाट लागूऔषध सहित दुई भारतीय महिला पक्राउ
२६ फाल्गुन, झापा । झापाको मेचीनगर नगरपालिका ६ काँकरभिट्टाबाट प्रतिबन्धित लागू औषध अफिमसहित दुई भारतीय महिला पक्राउ परेका छन् । लागु औषध नियन्त्रणव्युरो कोटेश्वर काठामाण्डौं र ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले वडा नम्बर ६ न्यु विशाल होटलबाट ति महिलाहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । प्लाष्टिकको जेब्रा झोलाभित्र दुई वटा पोका बनाई लुकाई छिपाई लागू औषध राखेको..
तस्करी गरेर ल्याईदैं गरेको ब्रोइलर कुखुराको भिटामिन बरामद
२६ फाल्गुन, सुनसरी । भारतबाट तस्करी गरेर ल्याइएको ब्रोइलर कुखुरामा प्रयोग गरिने औषधिजन्य भिटामिन प्रहरीले विराटनगरबाट बरामद गरेको छ । विराटनगर महानगरपालिका १६ स्थित केसलिया खोलानजिकबाट सशस्त्र प्रहरी बल बिओपी बखरीका प्रहरी निरीक्षक दिलकुमार पन्त नेतृत्वको टोलीले मङ्गलबार दिउँसो भिटामिन बरामद गरेको हो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार एक सय मिलीलिटर दरका चार सय ३३, दुई सय मिलीलिटरका एक सय ४८ र पाँच सय मिलीलिटरका..
विखण्डनवाद र हिंसाको अन्त्यपछि मुलुक शान्तिपूर्ण युगमा प्रवेश गरेको छः प्रधानमन्त्री ओली
२६ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विखण्डनवाद र हिंसाको अन्त्यपछि मुलुक नयाँ शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ । सिंहदरबारमा आज आयोजित राष्ट्रिय सुरक्षा परिषदको २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले विखण्डनवाद र हिंसाको अन्त्य गरेर मुलुकलाई शान्तिको नयाँ अध्यायमा प्रवेश गएको बताउनुभएको हो । उहाँले हिंसात्मक बाटोमा लागेका सबैलाई शन्तिपुर्ण मार्गमा ल्याउन सफल भएको उल्लेख गर्नुहुँदै हिंसात्मक आन्दोलनमा लागेको विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनु कसैको पराजय र..
प्रतिनिधिसभाको बैठक चैत्र ३ गते बस्नेगरि स्थगित
२६ फाल्गुन, काठमाण्डौँ । प्रतिनिधिसभाको अर्काे बैठक आगामी चैत्र ३ गते मंगलबार दिउँसो १ बजे बस्नेगरि स्थगित भएको छ । आजको बैठकमा शोक प्रस्ताव पारित गरेको थियो । बैठक सुरु भएलगत्तै सभामुख अग्नि प्रसाद सापकोटाले शोक प्रस्ताव वाचन गर्नुभएको थियो । बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित भएको हो । आजको बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने भनिएको थियो । त्यसको लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि..
अनेरास्ववियू इलामले सामुदायिक विद्यालय सुधार अभियान संञ्चालन गर्ने
२४ फाल्गुन, इलाम । अनेरास्ववियू इलाम जिल्ला कमिटी इलामले सामुदायिक विद्यालय सुधार अभियान चलाउने भएको छ । संगठनको आज फाल्गुन २४ गते सम्पन्न तेस्रो पुर्ण वैठकले पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर थप घट्दो अवस्थामा रहेको निश्कर्ष निकाल्दै सामुदायिक विद्यालय सुधार अभियान चलाउने निर्णय गरेको हो । अभियान अन्तर्गत जिल्लाभरका सवै सामुदायिक विद्यालयमा अनेरास्ववियूका तर्फबाट निरिक्षकको जिम्मेवारी तोकिएको छ । निरक्षकले विद्यालयको सम्पुर्ण तथ्यांक संकलन गर्दै विद्यालय स्तरमा अन्र्तक्रिया समेत..
सर्वाेच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दियो
२३ फाल्गुन, काठमाण्डौँ । सर्वाेच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दर्ता खारेज गरिदिएको छ । सर्वाेच्च अदालतले ऋषि कट्टेलद्वारा जारी रिटमाथि फैसला गर्दै आज यस्तो आदेश गरेको हो । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको अवस्थामा सोही पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गर्न नमिल्ने आदेश..
प्रधानमन्त्रीले लगाए कोरोना विरुद्धको खोप
२३ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोना विरुद्धको खोप लगाउनु भएको छ । नेपाल सरकारले आजदेखि ३५ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान थालनी गरेसँगै प्रधानमन्त्री र उहाँकी धर्मपत्नी राधिका शाक्यले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगी खोप लगाउनु भएको हो । उहाँहरुलाई अस्पतालमा कार्यरत नर्स सिर्जना भूमीले खोप लगाइदिनुभएको थियो । खोप लगाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले आफूलाई सँगै सबैलाई खोप उपलब्ध भएकोले यस अभियानमा सरिक..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७