बागलुङमा होली खेल्ने क्रममा झडप हुँदा दुुई जनाको मृत्यु

बागलुङमा होली खेल्ने क्रममा झडप हुँदा दुुई जनाको मृत्यु

१६ चैत्र, बागलुङ । बागलुङको निसीखोला गाउँपालिका होली खेल्ने क्रममा दुुई समूहबीच झडप हुँदा दुुई जनाको मृत्यु भएको छ । बागलुङको निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा होली खेल्न गएको युवाहरुको दुुई समूहबीच झडप हुँदा निसिखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको बागलुङका प्रहरी प्रमुख एसपी कृष्ण बहादुर पल्लीमगरले बताउनुभयो । घटनामा निसीखोलाका केही युवाहरु घाइते भएका छन् ।

बल्देधुरीमा होलीका दिन प्रत्येक बर्ष लाग्ने मेलामा बडिगाड गाउँपालिका युवाहरुको समूह होली खेल्नका लागि गएका थिए । यस्तै निसिखोला गाउँपालिकाका करिब २५ जना युवाहरुको समूह पनि मदिरा सेवन गरेर विभिन्न व्यक्तिहरुलाई अबिर दल्दै मेलामा पुगेका थिए ।

ती युवाहरुको समूह बल्देधूरी पुगेपछि दर्लिङका युवा तथा युवतीहरूलाई अबिर दल्न थाले । युवतीहरूलाई सहमतिबिना अभद्र किसिमले जबरजस्ती अबिर दल्न थालेपछि त्यहाँ विवाद सुरु भयो । दुबै समूहका अधिकांश युवाहरुले मदिरासमेत सेवन गरेका थिए जसले विवादले झनै उग्ररूप लिन पुग्यो ।

सो झडपमा राजकोटका दुईजना युवाहरु ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको छ । ती दुईलाई मरणासन्न हुनेगरी कुटपिट गरेर भिरबाट फालिएको बताईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270