अनेरास्ववियु इलामको आयोजनामा अन्तराष्ट्रियस्तरको निवन्ध प्रतियोगिता सुरु

अनेरास्ववियु इलामको आयोजनामा अन्तराष्ट्रियस्तरको निवन्ध प्रतियोगिता सुरु

२८ चैत्र, इलाम । अनेरास्ववियु इलामको आयोजनामा अन्तराष्ट्रिय स्तरको निवन्ध प्रतियोगिता सुरु भएको छ । शहिद रत्नकुमार वान्तावाको ७० औँ जन्मजयन्ती तथा ४३ औँ स्मृति दिवशको अवसरमा “बैदेशिक शिक्षमा नेपाली यूवाको पलायन विषयमाः समस्या र समाधनहरु” शीर्षकमा अन्तराष्ट्रियस्तरको निवन्ध लेखन प्रतियोगिता शुरु भएको हो ।

निबन्ध लेखन प्रतियोगिताले बैदेशिक शिक्षामा नेपाली यूवाको पलायन बारे समस्या र समाधनहरु के के हुन सक्छन् भनेर बहसको रुपमा चेतना जगाउने उदेश्य लिएको आयोजकले जनाएको छ ।

नेपाल जस्तो विकासोन्मुख मुलुकबाट युवाहरुको विदेश जाने प्रवृत्ति कायमै रहेको छ । कोही उच्च शिक्षाका लागि कोही अध्ययनका लागि कोही पर्यटक भएर वा कोही वैदेशिक रोजगारीको विदेश जाने संख्या घट्नमा भन्दा पनि बढ्नमा जानले युवा किन विदेशतिर भन्ने प्रश्न उठिरहन्छ । वैदेशिक रोजगारीको लागि युवाहरुको बड्दो आर्कषण रहेको छ ।

निबन्ध प्रतियोगिताले बौद्धिक युवा जमातको विदेश पलायनलाई मूख्य बहसको रुपमा अगाडी बढाएको अनेरास्वियु जिल्ला कमिटि इलामका संयोजक मिलन खत्रीले बताउनुभयो । युवा जमातहरु पढ्न विदेश जाने अनी उत्तै पलायन हुने विषयलाई निबन्धको माध्यमबाट बहसको रुपमा उठाउईने उहाँले बताउनुभयो । ‘युवाहरु उच्च शिक्षाका लागि अध्ययनका लागि वा सीप सिक्न विदेश जाने तर अध्ययन पूरा गरि दक्ष भईसकेपछि समेत स्वदेश नफर्किने कारण के हुन सक्छ भन्ने विषयलाई निबन्धमार्फत बहस गरिने छ ।’ संयोजक खत्रीले भन्नुभयो ।

निबन्ध प्रतियोगितामा संसारका जुनसुकै मुलुकहरुबाट भाग लिन सकिनेछ । नेपाली र अंग्रेजी दुवै भाषामा निबन्ध लेख्न सकिने छ । निबन्ध लेखी आयोजकलाई उपलब्ध गराउनु पर्नेछ । निबन्ध प्रत्यक्ष वा इमेलबाट उपलब्ध गराउनु पर्नेछ । प्रतियोगितामा सहभागि हुनेले एक महिनाभित्र अर्थात २०७८ वैशाख २९ गतेसम्ममा निबन्ध आयोजकलाई उपलब्ध गराउनुपर्ने आयोजकले जनाएको छ ।

उपलब्ध निबन्धहरुलाई विज्ञहरुबाट मूल्याङ्कन गरी पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम पुरस्कार रु ३५ हजार ८ सय नेपाली अर्थात ३ सय डलर रहेको छ । प्रतियोगितामा द्वित्तीय हुनेले रु २३ हजार ८ सय अर्थात २ सय डलर र तृत्तीय हुनेले ११ हजार नौ सय अर्थात १ सय डलर प्राप्त गर्ने छन् । छनौटमा परेका उत्कृष्ट निबन्धहरुलाई अनेरास्ववियुको पुस्तक मार्फत प्रकाशन गरिनेछ ।

आयोजकका अनुसार लेखकको निबन्ध कम्तिमा २५०० शब्द देखि बढीमा ३५०० शब्दको हुनुपर्नेछ । यस्तै निबन्ध यस अधि प्रकाशित नभएको हुनुपर्नेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270