रोकिएको सडकको निर्माण कार्य तत्काल सुरु गर्ने मन्त्री नेम्बाङको प्रतिबद्धता

२८ चैत्र, काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले हुलाकी सडक आयोजना निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

पर्सा क्षेत्र नम्बर ४ का सांसद लक्ष्मणलाल कर्ण नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री नेम्वाङले रोकिएको सडक निर्माण तत्काल सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

आवश्यक परे वन मन्त्रालय र राष्ट्रिय निकुञ्जका प्रतिनिधिलाई साथमै लिएर निर्माणाधीन सडकको स्थलगत अवलोकन गर्न आफैँ ठोरी आउने पनि मन्त्री नेम्वाङले बताउनुभयो ।

वीरगञ्ज–ठोरी हुलाकी सडक खण्ड अन्तर्गत ठोरी १ र २ मा चितवन राष्ट्रिय निकुञ्जले सडक निर्माणमा अवरोध गरेपछि सांसद कर्णसहितको टोलीले मन्त्री नेम्वाङलाई भेट गरेको थियो ।

प्रतिनिधिमण्डलका सदस्य सन्तोष श्रेष्ठका अनुसार प्रधानमन्त्रीले समेत हुलाकी सडक निर्माणमा आएको समस्याबारे चासो राखेको र यसबारे बुझ्न आफूलाई भनेको मन्त्री नेम्वाङले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270