समाचार
सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट
१५ जेष्ठ, काठमाण्डौँ । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ । कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ दुई खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ । प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ तीन खर्ब ८६ अर्ब ७१..
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्धारा शुभकामना व्यक्त
१५ जेष्ठ, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । चौधौँ गणतन्त्र दिवसका अवसरमा देशवाशीलाई बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले संविधानले मौलिक हकका रूपमा जनताका आधारभूत अधिकारलाई सुनिश्चित गरिसकेका सन्दर्भमा तिनको प्रभावकारी कार्यान्वयन गर्दै विश्वव्यापी महामारी कोरोना भईरस संक्रमण पुनः तीव्र बनेकाले यसलाई नियन्त्रण गर्न नेपाल सरकारले..
आज गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
१५ जेष्ठ, काठमाण्डौँ । आज गणतन्त्र दिवस, विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । कोरोना महामारीको कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका छन् । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेष्ठ ८ गते विघटन भएको संसद पुनस्र्थापना गर्नुभयो । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रुपमा स्थापित भयो..
दमकमा छिट्टै अक्सिजन प्लान्ट जडान हुन्छः प्रधानमन्त्री ओली
१४ जेष्ठ, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा छिट्टै अक्सिजन प्लान्ट जडान हुने र यसका लागि आवश्यक प्रवन्ध मिलाईएको बताउनुभएको छ । आज भर्चुअल माध्यमबाट दमक क्याम्पसको भवन शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जनताको स्वास्थ्य सुरक्षमा सरकार कटिबद्ध रहेको जनाउदै दमकमा पनि छिट्टै अक्सिजन प्लान्टको ब्यवस्थापन हुने बताउनुभयो । उहाँले सरकारी दमक अस्पतालको सुविधा सम्पन्न भवन बनिरहेको भन्दै आवश्यक उपकरणहरुको पनि अभाव हुन नदिने जनाउनुभएको छ । देशभर अक्सिजनको..
बानका अध्यक्ष चन्द्र न्यौपानेको निधन
१४ जेष्ठ, विराटनगर रेडियो सञ्चालकहरुको सङ्गठन ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको आज बिहान निधन भएको छ । कोरोना सङ्क्रमणका कारण उहाँको ५० वर्षको उमेरमा निधन भएको हो । न्यौपानेको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार भइरहेकोमा आज मृत्यु भएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले जानकारी दिनुभयो । न्यौपाने इटहरीको सप्तकोसी एफएमका स्टेशन म्यानेजर तथा विज्ञापन बोर्डका सदस्य समेत हुनुहुन्थ्यो । कोरोना सङक्रमण पुष्टि भएपछि न्यौपानेलाई वैशाख..
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धा सुनुवाइको लागि संवैधानिक इजलास गठन
१४ जेष्ठ, काठमाण्डौँ । सर्वाेच्व अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन गरेको छ । इजलासमा न्यायाधीशहरु प्रधानन्यायाधीश जबरा, दीपककुमार कार्की, आनन्द मोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहनुहनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा हेर्ने निर्णय बिहीबार सर्वाेच्च अदालतले गरेको थियो ।
प्रधानमन्त्री ओलीले देशवाशीको नाममा सम्बोधन गर्नुहुने
१४ जेष्ठ, काठमाण्डौँ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशवाशीको नाममा सम्बोधन गर्नुहुने भएको छ । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्बोधन अपरान्ह चार बजेपछि हुनेछ । संविधानअनुसार प्रत्येक बर्षको बजेट प्रत्येक जेष्ठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने हुन्छ । तर, गत ७ जेष्ठ मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी छ ।..
चीनले नेपाललाई १० लाख डोज खोप प्रदान गर्ने
१३ जेष्ठ, काठमाण्डौँ । कोरोना भाइरसको बढ्दो संक्रमण रोक्न चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको खोपको १० लाख डोज सहयोग प्रदान गर्ने भएको छ । चिनियाँ राष्ट्रपति सी चिङफिङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन मार्फत कुरा गर्नुहुँदै नेपाललाई कोरोना सङ्क्रमणको दोस्रो लहर विरुद्ध लड्न १० लाख खोप प्रदान गर्ने घोषणा गर्नुभएको नेपालका लागी चीनका राजदूत हाउ याङ्छीले एक ट्विट मार्फत जानकारी दिनुभयो । चीनले यसअघि नै चिनियाँ कम्पनी सिनो फार्मले निर्माण गरेको भेरोसेल..
हत्यामा संग्लग्न एक जना पक्राउ
८ जेष्ठ, मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–३ का ४० बर्षीय बिष्णु ऋषिदेवको हत्यामा संग्लग्न रहेको आरोपमा स्थानीय २३ बर्षीय पुजन राई पक्राउ परेका छन् । शुक्रवार बिहान ६ बजेको समयमा घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा सुतेकै स्थानमा मृत रहेको भन्ने जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले उक्त हत्याको घटनामा राईको संग्लग्नता रहेको पाएसंगै उनलाई बिहान ८ बजेनै उनको घरबाट पक्राउ गरेको..
औषधी कालोबजारी गर्ने फार्मेसी संचालन पक्राउ
८ जेष्ठ , मोरङ । मोरङको बिराटनगर महानगरपालिका–३ बाट औषधी कालोबजारी गर्ने एक जना पक्राउ परेका छन् । सिरहा धनगढीमाई नगरपालिका–७ फुलकाहाकट्टी घर भई हाल विराटनगर महानगरपालिका–३ विराट अस्पताल नजिक पश्चिमवासी फार्मेसी संचालन गर्ने २२ बर्षिय रविन्द्र महतो औषधी कालोबजारी गरेको आरोपमा पक्राउ परेका हुन् । महतोले सिरहा बरियारपट्टी गाउँपालिका–३ का ४५ को राम नारायण मुखियालाई बैशाख २५ गते देखि बैशाख ३० गतेसम्म फार्मेसीको औषधी तोकिएको मुल्य भन्दा महङ्गोमा विक्रि..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७