सुर्खेतको वीरेन्द्रनगरमा ज्ञानेन्द्र शाहीको समूह र स्थानिबीच झडप

सुर्खेतको वीरेन्द्रनगरमा ज्ञानेन्द्र शाहीको समूह र स्थानिबीच झडप


२९ जेष्ठ, विरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर स्थित करेखोला नजिक सामाजिक अभियन्ता दावि गर्ने ज्ञानेन्द्र शाहीको समूह र स्थानिबीच झडप भएको छ ।

सुर्खेत प्रहरीका अनुसार शाहीको समूह र स्थानीयबीच झडप भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

गएराति झण्डै साढे ११ बजेतिर स्थानिय र ज्ञानेन्द्र शाहीको समूह झडप भएको हो । झडपका क्रममा केही युवाहरु घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको बताईएको छ ।

सामाजिक अभियन्ता दावि गर्ने शाही उत्तेजित मुद्रामा समाजिक संञ्जालमा छाईरहन्छन् । केही समय अगाडी उनले एक भिडियोमा सांसद गंगा चौधरीमाथी अक्सिजन सिलिन्डर चोरेको भन्दै सांसद चौधरीकै घरमा पुगेर चोरीको आरोप लगाईरहेका थिए । पछि सांसद चौधरीले सिलिण्डर आफ्नो निर्वाचन क्षेत्रका अस्पतालमा लान लागेको बताएपछि उनले माफी मागेको दृष्य भाईरल भइको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर