झापाका स्थानीय तहहरु विपद् व्यवस्थापनको पूर्व तयारीमा

झापाका स्थानीय तहहरु विपद् व्यवस्थापनको पूर्व तयारीमा

१ असार, काठमाण्डौँ । झापाका स्थानीय तहहरु विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटेका छन् । मनसुनी वर्षा शुरु भएसँगै झापाका अधिकांश स्थानीय तह डुवान र कटानको चपेटामा पर्ने भएकाले क्षति न्यूनीकरण र रोकथामका लागि आवश्यक स्रोत साधानको व्यवस्थापनमा लागिसकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनुभयो ।

जिल्लामा कनकाई, विरिङ, रतुवा, कमल, निन्दा, मेचीलगायत २८ वटा साना ठूला नदीहरु रहेका छन् । हिउँदमा साना देखिए पनि वर्षायाममा बाढी आउँदा यी नदीबाट विगतमा ठूलो धनजनको क्षति हुँदै आएको छ । बाढी र कटानबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरणका लागि स्थानीय तहहरुलाई पर्याप्त स्रोत साधानको व्यवस्था गर्न, त्यस क्षेत्रका बासिन्दालाई उद्धार गरेर सुरक्षित बासस्थानलगायत आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न आग्रह गरिसकेको प्रजिअ तिम्सिनाले बताउनुभयो ।

जिल्लाको उत्तरी क्षेत्रभन्दा दक्षिणी क्षेत्रमा बढी डुवान र कटान हुने गरेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले बताउनुभयो । उहाँले विगतमा झै यसवर्ष पनि झापा, गौरीगञ्ज, कचनकवल र बाह्रदशी गाउँपालिकामा पानीको निकास हुने ठाउँ नहुँदा बढी डुवानको जोखिममा रहेको बताउनुभयो । उहाँका अनुसार कमल, विरिङ र रतुवा खोलाले शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाका विभिन्न स्थानमा कटान गरी सयौं परिवार विस्थापित हुने अवस्था छ । रेडक्रसले बाढी पूर्वतयारी प्रतिकार्य योजना बारे स्थानीय तहरुलाई जानकारी गराउने तयारी गरेको छ ।

सभापति ढकालले जिल्लामा बाढी आएको खण्डमा प्रभावित क्षेत्रका बासिन्दालाई जानकारी दिनका लागि चार प्रकारले पूर्व सूचना प्रणालीको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले बाढी आउनुभन्दा ६८, ४८, २४ र तीन घण्टा अगाडि नै सो क्षेत्रका बासिन्दालाई जानकारी दिइने गरेको बताउनुभयो । तीन घण्टा अघि दिइने सूचनापछि सम्बन्धित क्षेत्रका बासिन्दालाई स्थानीय तहहरुले स्थापना गरेका सुरक्षित स्थानहरु, विद्यालय, रेडक्रस भवन तथा सार्वजनिक भवनहरुमा सारिन्छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270