३० जेष्ठ, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएपछि प्रदेशको नामको टुङ्गो लगाउने प्रस्ताव गर्नुभएको छ ।
प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा आज उहाँले चालु बजेट अधिवेशनबाटै प्रदेशको नाम टुङ्गो लगाउन प्रस्ताव गर्नुभएको हो । प्रदेशको नाम टुङ्गो लगाउन नसकेको भन्दै प्रदेशसभामा सरकारको आलोचना भइरहेको छ ।
मुख्यमन्त्री राईले ढुङ्गा गिट्टी निकासीको विषयमा केन्द्र सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो । केन्द्रको नीतिले चुरे संरक्षणमा असर नपर्ने बताउँदै उहाँले चुरे संरक्षणका लागि संघीय सरकारको ध्यानाकर्षण गराइएको बताउनुभयो ।