‘गगंटे सरकार’ भन्दै रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईद्धारा राजिनामा

‘गगंटे सरकार’ भन्दै रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईद्धारा राजिनामा

२७ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवा देखि गठबन्धनका नेताहरुलाई गाली गरेर चर्चामा आएका गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकबाट राजीनामा दिनुभएको छ । उहाँले आज पदबाट राजीनामा दिनुभएको हो ।

भट्टराईलाई केपी शर्मा ओली नेतृत्वको सरकारले गत वर्ष रेल्वे कम्पनीमा महाप्रबन्धकका रुपमा नियुक्त गरेको थियो । उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका नाममा राजीनामा पत्र बुझाउनुभएको छ ।

सरकारले भट्टराईसँग स्पष्टिकरण सोधेको थियो । उहाँमाथि पदीय आचरण विपरित बोलेको र लेखेको भन्दै स्पष्टिकरण सोधिएको थियो ।

भट्टराईले मृत प्रायः अवस्थामा रहेको नेपाल रेल्वे कम्पनी लिमिटेडलाई पुनर्जिवन दिई रेल सेवा सञ्चालन गर्ने तयारी अवस्थामा पुर्याएको दाबी गर्नुभएको छ । उहाँले वर्तमान सरकारलाई ‘गगंटे सरकार’ भन्दै आलोचना समेत गर्नुभएको छ । राजीनामा पत्रमा लख्नुभएको छ, ‘जनता विरुद्ध विभिन्न अवाञ्चित स्वार्थहरुको गठजोडलले बनेको गंगटे सरकारले गर्ने जनविरोधी कामहरुके सहयात्री र मुखदर्शक हुन मेरो नैतिक मूल्य मान्यता र मुलुक प्रतिको अगाध प्रेमले नदिने हुँदा मैंले आजकै मितिदेखि लागू हुने गरी नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धक पदबाट राजीनामा दिएको छु ।’

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270