समाचार
देशभर लगातार बर्षात जारी, मनसुनी वायु पूर्वतर्फ सर्दै
२ कार्तिक, काठमाण्डौँ । बङ्गालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण देशभर बर्षात जारी छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १ र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा समेत भएको छ । पाकिस्तान, भारत हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायु..
बेमौसमी बर्षाका कारण पाकेको धान खेतमै डुब्यो, किसान निराश
२ कार्तिक, झापा । लगातारको अविरल वर्षाका कारण धान खेतमै डुबेपछि तराईका किसानहरु चिन्तित बनेका छन् । झापा, मोरङ, सुनसरी सहित तराई जिल्लाका किसानहरुले काटेर राखेको धान खेतमै डुबेको छ । झापा सहितका तराई जिल्लाहरुमा गतवर्ष भन्दा यस वर्ष धान राम्रो फलेपछि किसानहरु उत्साहित थिए । तर धान भित्राउने बेलाको बेमौसमी वर्षातले भने उनीहरुलाई निराश बनाएको छ । कतिपयको धान खोलामा आएको बाढीले बगाएको छ भने कतिपयको धान खेतमै डुबेको..
महाकाली नदीमा अहिलेसम्मकै ठूलो बाढी, दुई सय घर डुबानमा
२ कार्तिक, कञ्चनपुर । । लगातारको वर्षाका कारण महाकाली र जोगबुढा नदीमा आएको बाढीबाट तटीय क्षेत्रका दुई सय घर डुबानमा परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० को कुतियाकबर क्षेत्रका दुई सय घर डुबानमा परेका हुन् । बाढीले चार लेनको महाकाली पुललाई जोड्ने पहुँच मार्गका रुपमा निर्माण भइरहेको ६ लेनको सडकमा पनि क्षति पुर्याएको अधिकारीहरुले जनाएका छ । कञ्चनपुरका..
भारतले पेट्रोल कम पठाउन थालेपछि पूर्वमा पेट्रोलको हाहाकार
१ कार्तिक, झापा । । झापामा दुई दिन देखि पेट्रोलको हाहाकार भएको छ । भारतले पूर्वी नेपालको चारआली डिपोका लागि पेट्रोल कम पठाउन थालेपछि झापामा पेट्रोल अभाव भएको हो । इन्डियन आयल कर्पाेरेसनको सिलिगुडी डिपोले नेपालको पूर्वी जिल्लाहरूको माग अनुसार पेट्रोल नपठाइदिएपछि अहिले झापालगायत पूर्वी नेपालका पेट्रोल पम्पहरूले पेट्रोल वितरण गर्न सकिरहेका छैनन । मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अनुसार अहिले झापा, इलाम, पाँचथर तथा ताप्लेजुङका लागि साँढे ७ सय किलोलिटर..
भारतको केरला राज्यमा बाढीमा परी २६ जनाको ज्यान गयो
१ कार्तिक, काठमाण्डौँ । भारतको केरला राज्यमा शुक्रबारदेखि जारी निरन्तरको बर्षाका कारण आएको बाढीमा परी कम्तीमा पनि २६ जनाको ज्यान गएको बताइएको छ । बाढीको कारण ज्यान गुमाएका यी व्यक्तिहरुमा पाँच बालबालिका रहेका छन् । साथै यस बाढीमा परेर अरु एक दर्जनभन्दा बढी मानिस हराइरहेका छन् । बाढीका कारण यहाँको बाटो र बिजुली पनि अवरुद्ध भएको छ । यस कारण यहाँको उद्धारको काम गर्न निकै कठिन भएको भारतीय सञ्चारमाध्यमले बताएका..
मोहन वैद्यलाई भेट्न प्रचण्ड नर्भिक अस्पतालमा
१ कार्तिक, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नर्भिक अस्पताल पुग्नुभएको छ । दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुग्नुभएको हो । प्रचण्डले वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिनुभएको छ । साथै नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले वैद्यको स्वास्थ्य अवस्थाको विषयमा प्रचण्डलाई जानकारी गराएका थिए । वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा..
पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको सरुवा
१ कार्तिक, काठमाण्डौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्री स्तरीय निर्णयअनुसार मन्त्रालयअन्तर्गतका प्रजिअसहित १२ कर्मचारीको सरुवा गरिएको हो । निर्णय अनुसार कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा, डोल्पाका प्रजिअ माधवप्रसाद ढकाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, मुस्ताङका प्रजिअ श्रीनाथ पौडेललाई रोल्पाको सहायक प्रजिअमा पठाइएको छ । यस्तै अर्घाखाँचीका प्रजिअ विष्णु पौडेल र स्याङ्जाका प्रजिअ दीपकराज..
मुगुमा बस दुर्घटनामा मृत्य हुनेको संख्या ३२ पुग्यो
२७ असोज, मुगु । मुगुमा भएको बस दुर्घटनामा मृत्य हुनेको संख्या ३२ पुगेको छ । मृत्यु हुनेमा २२ पुरुष र १० महिला रहेका छन् । २४ जनाको घटनास्थलमै र ४ जनाको मुगुको ताल्चा विमानस्थलमा, ४ जनाको उपचारको क्रममा नेपालगन्जमा र १ जनाको बाँकेको कोहलपुर अस्पतालमा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो । मृतकमध्ये चालकको पहिचान खुलेको उहाँले बताउनुभयो । मृतक चालक दाबहादुर रावलको रहेको..
भारतीय नोटसहित एक व्यक्ति पक्राउ
२१ असोज, इलाम । भारतीय नोटसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलामको सूर्याेदय नगरपालिका फिक्कलका अनुप अग्रवाललाई ११ लाख भारु (भारतीय रुपैयाँ)सहित नियन्त्रणमा लिइएको हो । पैतीस वर्षीय अग्रवाललाई थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरी लगेको बताइएको छ । विशेष सूचनाका आधारमा अग्रवाललाई झोलामा बोकेको दुई हजार, ५००, २०० र १०० का नोट गरी जम्मा भारतीय रुपैयाँ ११ लाखसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ..
अखिल इलामको सर्कुलर बमोजिम चुलाचुलीको दुई स्थानमा एकैसाथ सरसफाई कार्यक्रम सम्पन्न
२० असोज, इलाम । अनेरास्ववियु जिल्ला कमिटी इलामको निर्णय अनुसार चुलाचुली गाउँपालिकाको दुई स्थानमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियु चुलाचुली गाउँ कमिटीको अयोजनामा र युवा संघ नेपाल चुलाचुलीको सहआयोजनामा चुलाचुली ४ को किरात चोलुङ प्रा.वि. मा सरसफाइ गरिएको हो । उक्त विद्यालयमा अनेरास्ववियु चुलाचुली र युवा संघ चुलाचुलीले नै केही महिना अगाडी विरुवा रोपेको थियो । सोही विरुवा गोडमेल तथा विद्यालय परिसर आज सरसफाई गरिएको हो । सरसफाई..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७