३ कार्तिक, इलाम । केही दिन देखी जारी अविरल बर्षाका कारण पाँचथरमा मात्र आज साझसम्ममा २४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका इक्स्पेक्टर डम्बर विश्वकर्माका अनुसार २४ जनाको मृत्यु, २ बेपत्ता र ६ जना घाईते भएको छन् । प्रहरीले मिक्लाजुङमा १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । तर गाँउपालीका अध्यक्ष अमर माखिमका अनुसार मृत्यु हुनेको संख्या २१ पुगेको छ भने तीन जना बेपत्ता रहेको छन् ।
पालिका अध्यक्ष माखिमका अनुसार मिक्लाजुङ–५ मा १५ जनाको मृत्यु २ बेपत्ता भएका छन् । वार्ड न. १ मा २, वार्ड २ मा २ जना, ४ मा खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । यस्तै ७ नम्बर वार्डमामा २ जनाको मृत्यु भएको अध्यक्ष माखिमले जानकारी दिनुभयो । मिक्लाजुङ्–५ को कुरुम्बामा एकैठाँउमा ११ जनाको मृत्यु भएको छ ।
यस्तै इलामको माङसेबुङ गाउँपालिका वडा नं ६ स्थित चिसोपानिमा पहिरोले घर बगाउदा २ जनाको मृत्यु भएको छ । पहिरोमा पनि भने २ जना बेपत्ता छन भने २ जनाको उद्दार गरिएको वडाध्यक्ष प्रदिप साङपाङले जानकारी दिनुभयो ।
पहिरोमा परि मृत्यु हुनेमा २९ वर्षिय कविता राई र ५३ बर्षिय हरि प्रसाद राई रहेका छन् । ८२ बर्षिय रनश्वरी राई र ५३ बर्षिय हरि माया राई बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।