
२२ मंसिर, एजेन्सी । भारतीय सुरक्षा प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटनामा परेको छ । तमिलनाडुको कुन्नुरमा बुधबार भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय सुरक्षा प्रमुख (चिफ अफ डिफेन्स) विपिन रावत उनका पत्नी र केही उच्च अधिकारी सवार भएको बीबीसीले जनाएको छ ।
हेलिकप्टर दुर्घटनामा जनरल रावत र उहाँकी पत्नी मधुलिकाको समेत निधन भएको भारतीय वायु सेनाले ट्वीट गर्दै पुष्टि गरेको छ ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेकामा १३ जनाको ज्यान गएको हो । सीडीएस बिपिन रावत सवार हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका एक जनाको उपचार भइरहेको छ ।
भारतीय वायु सेनाका अनुसार यो एमआई‒१७ बी ५ हेलिकप्टर थियो । यसमा दुई वटा इन्जिन हुन्छ र यसलाई सुरक्षित मानिन्छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७