नेटोले युक्रेनमा फौज तैनाथ गरे कडा जवाफ दिने पुटिनको चेतावनी

नेटोले युक्रेनमा फौज तैनाथ गरे कडा जवाफ दिने पुटिनको चेतावनी


१८ मंसिर, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा फौज तैनाथ गरे नेटो गठबन्धनलाई कडा जवाफ दिने बताएका छन् । पश्चिमी मुलुकले युक्रेनमा रुसी हमला हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिरहेका बेला पुटिनले नेटो गठबन्धनलाई यस्तो चेतावनी दिएका हुन् ।

युक्रेनमा नेटो फौज तैथान गर्नु भनेको रुसको ‘रेड लाइन’ पार गर्नु बराबर भएको र फौज तैनाथ गरेमा कडा जवाफ दिइने उनको भनाइ छ । मस्कोमा आयोजित भर्चुअल लगानी मञ्चका सहभागीहरूलाई सम्बोधन गर्ने क्रममा सीमा नजिक नेटो फौजको अभ्यासबाट रुस चिन्तित बनेको पनि पुटिनले बताएका हुन् ।

‘यस्ता धम्की (फौजी तैनाथ) भनेका रुसका लागि रेड लाइन हुन’, पुटिनले भनेका छन्, ‘उनीहरूले आफ्नै मुलुक र विश्व समुदायका लागि थप विवेक र जिम्मेवारी देखाउने आशा गरेको छु ।’

पूर्वतर्फ नेटो फौजको विस्तारबाट मस्कोका प्रमुख सुरक्षा चासो खतरामा पारेको भन्दै पुटिनले ५ मिनेटभित्रै रुसका कमान्ड सेन्टरमा पुग्न सक्ने क्षेप्यास्त्र तैनाथीका लागि नेटो गठबन्धले युक्रेनी भूमि प्रयोग सक्ने पनि बताएका थिए ।

नेटोबाट बढ्दो खतराका कारण नयाँ हाइपरसोनिक हतियार विकास गर्न आफूहरू बाध्य भएको पनि पुटिनको भनाइ थियो । ‘हामीलाई धम्की दिनेहरूलाई उनीहरूका जस्तै हतियार विकास गरेर निशाना बनाउनु पर्छ र हामीले यो कुरा अहिले पनि गर्न सक्छौं ।’ पुटिनले भनेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर