हेलिकप्टर दुर्घटनामा भारतीय सुरक्षा प्रमुख सहित १३ जनाको मृत्यु

२२ मंसिर, एजेन्सी । भारतीय सुरक्षा प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटनामा परेको छ । तमिलनाडुको कुन्नुरमा बुधबार भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय सुरक्षा प्रमुख (चिफ अफ डिफेन्स) विपिन रावत उनका पत्नी र केही उच्च अधिकारी सवार भएको बीबीसीले जनाएको छ । हेलिकप्टर दुर्घटनामा जनरल रावत र उहाँकी पत्नी मधुलिकाको समेत निधन भएको भारतीय वायु सेनाले ट्वीट गर्दै पुष्टि गरेको छ । दुर्घटनाग्रस्त हेलिकप्टरमा १४..

नेटोले युक्रेनमा फौज तैनाथ गरे कडा जवाफ दिने पुटिनको चेतावनी

१८ मंसिर, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा फौज तैनाथ गरे नेटो गठबन्धनलाई कडा जवाफ दिने बताएका छन् । पश्चिमी मुलुकले युक्रेनमा रुसी हमला हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिरहेका बेला पुटिनले नेटो गठबन्धनलाई यस्तो चेतावनी दिएका हुन् । युक्रेनमा नेटो फौज तैथान गर्नु भनेको रुसको ‘रेड लाइन’ पार गर्नु बराबर भएको र फौज तैनाथ गरेमा कडा जवाफ दिइने उनको भनाइ छ । मस्कोमा आयोजित भर्चुअल लगानी मञ्चका सहभागीहरूलाई..

कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको उपाधि झापा गाउँपालिकाले चुमे

कमल, १६ मंसिर । कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको उपाधि झापा गाउँपालिकाले चुमेको छ । फाइनल खेलमा बाह्रदशी गाउँपालिकालाई पराजित गर्दै झापाले उपाधि उचालेको हो । बाह्रदशी गाउँपालिकासँगको खेलमा झापा गाउँपालिकाले २५–१६, १७–२५, २२–२५ र २०–२५ को सेटमा पराजित गर्दै उपाध्यक्ष कपको उपाधि आफ्नो कब्जामा पारेको थियो । उपाधिसँगै विजेता टोलि झापाले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल प्रमाण पत्र प्राप्त गरेका छन् भने उपविजेता बनेको बाह्रदशीले नगद..

कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको फाइनल खेल भोलि हुने

कमल, १५ मंसिर । कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको दोस्रो चरणको खेल सम्पन्न भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको अन्तर पालिका झापा जिल्ला स्तरीय भलिबल खेल प्रतियोगिताको दोस्रो राउण्ड सम्पन्नसँगै अन्तिम चारमा कन्काई नगरपालिका, बाह्रदशी गाउँपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकाले आफ्नो ठाउँ सुरक्षित गरेको छ । आज भएको पहिलो खेलमा कन्काई नगरपालिकाले शिवसताक्षी नगरपालिकालाई २ सुन्यको सोझो को सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका..

झापाको कमलमा पालिकास्तरीय भलिबल खेल प्रतियोगिता हुने

कमल । झापाको कमल गाउँपालिकामा प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिता हुने भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने सो प्रतियोगिताको बारेमा शनिकार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि समितिले जानकारी गराएको हो । झापा जिल्ला भित्रका पालिका स्तरीय हुने उक्त प्रतियोगिता सफल बनाउन खेलकुद समिति सदस्य सुदिप थुलुङको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । प्रतियोगिताको विजेता टोलिले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र..

पूर्वी काकरभिट्टा नाका अझै खुल्न सकेन

२१ कार्तिक, झापा । चार दिनअघि मन्त्रिपरिषद् बैठकले भारतसँग जोडिएका सबै सीमा नाका खुला गर्ने निर्णय गरेपनि झापाको काकरभिट्टा नाका खुल्न सकेको छैन । सञ्चारमाध्यममार्फत नाका खोलिएको सूचना सार्वजनिक भए पनि औपचारिक निर्देशन नआएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । डीएसपी सुनिल दाहालले नाका खोल्ने विषयमा माथिल्लो निकायको निर्देशन पर्खिरहेको बताउनुभयो । सरकारी निर्णय कार्यान्वयन नहुँदा सीमाक्षेत्रमा अन्योल बढेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिना बताउनुहुन्छ । सरकारले..

बाढी, पहिरोका कारण पाँचथर र इलाममा मात्र २७ जनाको मृत्यु

३ कार्तिक, इलाम । केही दिन देखी जारी अविरल बर्षाका कारण पाँचथरमा मात्र आज साझसम्ममा २४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका इक्स्पेक्टर डम्बर विश्वकर्माका अनुसार २४ जनाको मृत्यु, २ बेपत्ता र ६ जना घाईते भएको छन् । प्रहरीले मिक्लाजुङमा १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । तर गाँउपालीका अध्यक्ष अमर माखिमका अनुसार मृत्यु हुनेको संख्या २१ पुगेको छ भने तीन जना बेपत्ता रहेको छन् ।..

बाढी र पहिरो प्रभावितहरुको राहत तथा पुनःस्थापनामा लाग्न प्रधानमन्त्रीको निर्देशन

३ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबानबाट प्रभावितहरुको राहत तथा घरबारविहीनको पुनःस्थापनामा लाग्न निर्देशन दिनुभएको छ । संघीय मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री, नेपाल सरकारका सचिव, सुरक्षा अधिकारी सहभागी आजको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन अर्थ मन्त्रालयलाई समेत निर्देशन दिनुभएको हो । बैठकमा अर्थ मन्त्रालयबाट बजेट व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिबद्धता आएको..

बंगलादेशमा मुस्लिम र हिन्दुबीचको हिंसा उग्र बन्दै, राष्ट्रसंघको चासो

२ कार्तिक, काठमाण्डौँ । बंगलादेशमा अल्पसंख्यक हिन्दु र बहुसंख्यक मुस्लिम समुदायबीच सुरु भएको तनावले उग्ररुप लिन थालेको छ । पछिल्लो एक सातामा हिन्दू धर्मालम्बीका करिव ३० घरमा मु्स्लिम आन्दोलनकारीले आगो लगाएका छन् भने ६६ वटा घर भत्काएका छन् । मुस्लिम आक्रमणमा हालसम्म ६ जना हिन्दू धर्माबलम्बिको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । गत साता दुर्गापुजाका क्रममा हिन्दुले मुसलमानको निन्दा गरेको र सामाजिक सञ्जालमा अपमानजनक पोस्ट गरेको भन्दै मुसलमानहरुले हिंसा सुरु..

मोहन वैद्यको स्वास्थ्यजानकारी लिन गृहमन्त्री खाण अस्पतालमा

२ कार्तिक, काठमाण्डौँ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिन गृहमन्त्री बालकृष्ण खाण अस्पताल पुग्नुभएको छ । आज बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर मन्त्री खाँणले वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको हो । सो क्रममा मन्त्री खाणले सरकारको तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्पताल प्रशासन र उहाँको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्नसमेत आग्रह गर्नुभयो । वैद्यको उपचारमा संलग्न चिकित्सकले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको..